रुस विश्वकप छनोटबाट निस्कासित, पोल्याण्ड नखेली फाइनलमा
काठमाडौं । छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि फुटबलमा रुसले मंहंगो मूल्य चुकाउनु परेको छ । सोही आक्रमणलाई निउँ बनाएर फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ ।
फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको पुष्टि गरेको हो ।
युरोपियन छनोटअन्तर्गत रुस प्ले अफमा पुगेको थियो । सेमिफाइनलअन्तर्गत रुसले पोल्याण्डसँग मार्च २९ मा खेल्ने तालिका रहेको थियो ।
तर, फिफाले पोल्याण्डलाई बाई दिँदै नखेलिकनै प्ले अफको फाइनलमा छनोट गराएको छ ।
अब पोल्याण्डले स्विडेन र चेक रिपब्लिकबीचको विजेतासँग फाइनलमा खेल्नेछ । त्यसको विजेता विश्वकपमा छनोट हुनेछ ।
फिफाले यसअघि नै रुसलाई अनिश्चितकालका लागि प्रतिबन्ध गरिसकेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया