NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कांग्रेस पदाधिकारीले किन गर्दैछन् पत्रकार सम्मेलन ?

काठमाडौं । कांग्रेससका पदाधिकारहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । मुख्य गरी आगामी स्थानीय तहको निर्वाचन लक्षित अभियान लिएर ७७ वटै जिल्ला पुग्न लागेको कांग्रेसले यसैको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो । जसमा सभापतिबाहेकका पदाधिकारी र सिनियर नेता सहभागी हुने केन्द्रीय कार्यालका सचिव प्रेम केसीले दिए ।

सहमहामन्त्री बद्रि पाण्डेका अनुसार एक महिन अभियान सुरु हुन लागेकोले कांग्रेसले कसरी कार्यक्रम गर्दै जनतासँग जोडिदैछ भनेर पत्रकारसम्मेलनमार्फत जानकारी दिनेछ ।

‘हामी अब चुनाव केन्द्रित तयारीमा जुटेका छौं । यसैले फागुन २९ देखि चैत २९ सम्मै देशैभर कांग्रेसले चुनावी अभियानको कार्यक्रम राखेको छ’ पाण्डेले नेपालवाचसँग भने, ‘हरेक घर घरमा कसरी कांग्रेसलाई पुर्याउने भनेर हामी लागिरहेका छौं । कार्यक्रममलाई प्रभावकारी बनाउने घोषणा पदाधिकारीहरूले गर्नुहुनेछ ।’

कांग्रेसले स्थानीय तहलाई जिताउने अभियान, अघिल्लो सरकारको भण्डाफोर, कांग्रेस सरकारको प्रभावकारी कदम, एमसिसीबारे बुझाउनेसहितका विषयमा कार्यकर्ता र नागरिक तहसम्मै अभियान पुर्याउने भएको हो । यो अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदैछ । एमसिसी नेपालकाे हितमा रहेकाे भन्दै कांग्रेसले यसबारे देशभर प्रचारसमेत गर्दैछ ।

पत्रकार सम्मेलन आजै दिउसो तीन बजे केन्द्रीय कार्यालय सानेपा हुँदैछ ।

याे पनि पढ्नुस् :

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानमा यस्ता छन् कांग्रेसका ८ उद्देश्य