NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

तालमेलमा सहमति भइसकेको भन्ने माधव नेपाललाई कांग्रेसको जवाफ

काठमाडौं । कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जानेबारे अहिलेसम्म कुनै टुंगो नलागेको प्रष्ट पारेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा मिलेर जाने सहमति सत्तारुढ दलसँग भइसकेको दाबी गरेपछि कांग्रेसले पत्रकार सम्मेलन गरेरै सहमति नभएको बताएको हो ।

‘हामीले एमसिसीमा सहमति गरेर अगाडि बढेका छौं तर आगामी चुनावमा कसरी जाने भन्ने बारेमा कुनै टुंगोमा पुगिसकेका छैनौं’ देशभर चुनावी अभियानको सुरुवात गर्न डाकिएको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘कांग्रेसले चुनाव तालमेलबारे केन्द्रीइ समितिको बैठक राखेरै निर्णय लिन्छ ।’

तर नेकपा एसका अध्यक्ष नेपालले बुधबार पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा आगामी चुनावमा मिलेर जानेगरी सत्ता गठबन्धन दलमा सहमति भइसकेको दाबी गरेका थिए ।

‘चुनावका विषयमा सत्ता गठबन्धन दलसँग हाम्रो कुराकानीभ उको छ । निर्वाचनमा मिलेर जाने हाम्रो सहमति छ’ नेपालले भनेका थिए, ‘सबै ठाउँमा मिल्न सकिने अवस्था छैन तर जति ठाउामा सकिनछ भमिलेर जाने हो । हामीले हाम्रो शक्ति कहाँ कति छ यसको टुंगो पहिले नै लगाउनुपर्छ ।’

एमालेबाट विभाजन भएपछि नेपालको पार्टी कमजोर सांगठनिक अवस्थामा रहेकैले चुनावी तालमेलको पक्षमा छ । तर कांग्रेसभित्र चुनावी तालमेललाई लिएर समान मत छैन ।

सभापति देउवाले मंगलबार मात्रै गठबन्धन दलको चित्त दुख्ने गरी गाली नगर्न आग्रह गरेका थिए । तर कांग्रेसभित्र डा. शेखर कोइराला पक्ष चुनावी तालमेलको पक्षमा छैन ।

स्थानीय आवश्यकता हेरेर केही ठाउँमा गर्न सकिए पनि धेरै ठाउँमा तालमेल गर्न नहुने पक्षमा उनीहरू छन् ।

ताजा अपडेट

नेपालवाच विशेष