NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रुस-युक्रेन युद्धमा ३७ बालबालिका मारिएः युनिसेफ

काठमाडौं । रुस र युक्रेनबीच भइरहेको युद्धमा अहिलेसम्म ३७ बालबालिका मारिएको युनिसेफले जनाएको छ । दुई साताभन्दा कम समयमा युद्धका कारण ५० बालबालिका घाइते भएको युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले बताए ।

युद्धले १० लाखबढी बालबालिका विस्थापित भएको पनि रसेलले जानकारी दिएका छन् ।

सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारहरु जस्तैः अस्पताल, खानेपानी, सरसफाई, विद्यालयलगायतका प्रणालीमाथिको आक्रमण अनुचित भएको र यो कार्य तुरुन्तै बन्द गर्नुपर्ने रसेलले विज्ञप्ति जारी गरेर बताएका छन् । उनले थपेका छन्, ‘युक्रेनका बालबालिकालाई शान्ति आवश्यक छ ।’