NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दक्षिण कोरियाको राष्ट्रपतिमा युन सुक येओल विजयी

सियोल । दक्षिण कोरियाका पूर्व शीर्ष न्यायाधिश युन सुक येओल हालै भएको राष्ट्रपतीय निर्वाचनमा आफ्ना प्रमुख उदारवादी प्रतिद्धन्द्धीलाई थोरै मतान्तरले हराउँदै विजयी भएका छन् । येओलले ४८ दशमलव ६ प्रतिशत र उनका प्रतिद्धन्द्धी लि जाइ म्युङले ४७ दशमलव ८ प्रतिशत मत ल्याएका थिए ।

युन कन्जरभेटिभ पार्टी पिपुल पावर पार्टीका नेता हुन् । युनले विश्वको दशौं ठूलो अर्थतन्त्र भएको देशको नेतृत्व आगामी मेबाट लिनेछन् । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

दक्षिण कोरियाको संविधानले त्यहाँ राष्ट्रपतिको कार्यावधि ५ वर्षमात्रै तोकेको छ । हालका राष्ट्रपति मुन जाइ इनले सन् २०१७ मा कन्जरभेटिभ राष्ट्रपति पार्क गुइन हाइलाई भ्रष्टाचारको मुद्दामा महाभियोग लगाएर सत्ताच्युत गरेपछि देशको कार्याभार सम्हालेका थिए ।