NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

आफ्नो टोलीले हारेपछि पिएसजीका अध्यक्षले गरे रेफ्रीका सामान तोडफोड

काठमाडौं । स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टफाइनलबाटै बाहिरएको छ । यससँगै अहिले पिएसजीका खेलाडीको आलोचना भइरहेको छ ।

तर, यता पिएसजीका अध्यक्ष नासेर अल–खेलाइफी भने रेफ्रीका कारण आफ्नो टोली पराजित भए भन्दै आक्रोशित भएका छन् । उनी खेल सकिएपछि रेफ्रीमाथि खनिए ।

आक्रोशित भएका खेलाइफी रेफ्रीको ड्रेसिङ रुममा प्रवेश गर्न खोजेका थिए ।

तर रेफ्रीले उनलाई बाहिर जान आग्रह गरेका थिए । त्यसपछि उनै झनै आक्रोशित भए । उनले रेफ्रीको सामान तोडफोड गरे ।

खेलाइफीले तोडफोड गरेको दृश्य रियल मड्रिडका स्टाफले खिचेका हुन् । उक्त दृश्य उनीमाथि कारवाहीका लागि युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएलाई पठाउने भएको छ ।

अन्तिम १६ को दोस्रो लेगमा  पिएसजी स्पेनिस क्लब रियलसँग बुधबार राति ३–१ ले पराजित भएको छ । पहिलो लेगमा भने पिएजी १–० ले अगाडि थियो ।

रियलले समग्रमा ३–२ ले खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिगमा मेसीको पिएसजीको विजोग, रियल क्वार्टरफाइनलमा

 

ताजा अपडेट

नेपालवाच विशेष