NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘जेड’ रुसमा कसरी बन्यो युद्धको प्रतीक ?

मस्को । रुसी जिम्न्यास्ट इभान कुलियाकले पछिल्लो दिन प्यारालाल बार प्रतियोगितामा कास्य पदक जितेका थिए । पदक लिन उनी पोडियममा खडा हुँदा त्यहाँ उनको कपडामा जेड लेखिएको थियो । इभान युक्रेनी खेलाडी इलिया कोभतुनको सामुन्ने उभिएका थिए । कपडामा जेड लेखेका कारण इभान अन्तर्राष्ट्रिय जिम्न्यास्टिक्स फेडेरेशनको कारबाहीमा परे ।

रुसमा अंग्रेजी अल्फाबेट ‘जेड’ युद्धसमर्थक प्रतीकका रुपमा लोकप्रिय भइरहेको छ । यसले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनको कट्ट्र समर्थकका रुपमा जनाउँछ । रुसमा कार, भ्यान, विज्ञापनका होर्डिङ बोर्डमा जेड लेखेको देखिन्छ ।

रुसको सिरिलिक वर्णमालामा जेड फरक किसिमको देखिन्छ । यो हेर्दा अंग्रेजी अक्षर ३ जस्तै लाग्छ । पुटिनले युक्रेनमा गरेको आक्रमणको समर्थन गर्नेहरु बीच जेड शब्द लोकप्रिय हुन दुई साताभन्दा पनि थोरै समय लाग्यो ।

रुसको कजान सहरको एक भवनअगाडि करिब ६० बालबालिका र कर्मचारीले जेड आकृति बनाएर फोटो खिचेका थिए । अहिले सामाजिक सञ्जालमा जेड आकृति बनाइएका, लेखिएका तस्बिरहरु प्रशस्तै देखिन्छ ।

तर जेड लेखेको रुसी ट्यांक युक्रेन तर्फ गइरहेको तस्बिरले सबैको ध्यान तानेको थियो । धेरैले जेडलाई रुसको सेनाले आफ्नो सैन्य बलको पहिचानका लागि यस प्रतीक प्रयोग गरेको हुन सक्ने ठानेका छन् ।

गत साता रुस सरकार नियन्त्रित टेलिभिजनले रुसी सैन्य उपकरणमा जेड एक सामान्य चिह्न भएको बताएको थियो । जेड जस्तै भि अक्षर पनि सिरिलिक वर्णमालामा छैन तर रुसी रक्षा विभागको आधिकारिका इन्स्टाग्राम एकाउन्टको पोस्टमा जेडसँगै भि पनि देखिन्छ ।

यी दुवै ल्याटिन अक्षर वोस्तोक (पूर्व) र जापद (पश्चिम) को अर्थ हुन सक्ने पनि मानिएको छ । तर सामाजिक सञ्जालमा सार्वजनिक गरिएका पोस्टहरु अनुसार युक्रेनी सेनाले जेडलाई रुसको पूर्वी सैन्य बल र भिले जलसेनालाई बुझाउने मानिन्छ । र खेलाडी इभानका कारण पनि यतिवेला यी चिह्न चर्चामा छन् ।