NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि संसद्मा छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध लगाइएको महाअभियोगमाथि प्रतिनिधि सभामा छलफल हुने भएको छ ।

शनिबार बस्ने संसद् बैठकमा त्यसको समय तय हुने संसद् सचिवालयले जनाएको छ ।

यसअघिको बैठकमा महाअभियोग लगाइएका प्रधानन्यायाधीश राणामाथि छानबिन गरी सिफारिस गर्न ११ सदस्यीय सिफारिस समिति गठन भएको थियो ।