NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

परिवारपथको दलदलमा भासिएको ‘प्रचण्डपथ’

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सम्पन्न पार्टीको आठौं महाधिवेशनमा विगतका कमी–कमजोरी र गल्ती नदोहोर्‍याउने उद्घोष गर्दै आत्मालोचनासमेत गरेका थिए ।

महाधिवेशनका क्रममा देशभरिबाट आएका प्रतिनिधिले पार्टीमा भ्रष्टीकरण, आर्थिक र नैतिक विचलन मात्र होइन, परिवारवाद र नातावाद हावी भएको गुनासो गरेका थिए । उनीहरूलाई आश्वस्त पार्दै दाहालले अबदेखि यस्ता कमी कमजोरी नहुने वचन दिएका थिए ।

प्रचण्ड भनेका यस्ता चतुर नेता हुन् जो परिस्थिति अनुसार बोल्छन् । कुन माहोलमा के बोल्दा आफू हाइ–हाई हुन सकिन्छ भन्ने हेक्का राखेर उनी बोल्ने गर्छन् । महाधिवेशन प्रतिनिधिमा नेतृत्वको आर्थिक, नैतिक र वैचारिक स्खलनप्रति चर्को आक्रोश थियो । यही बुझेर उनले चलाखीपूर्वक विगतका कमजोरी नदोहोर्‍याउने उदघोष गरेर सबैलाई रिझाउने कोसिस गरे ।

निर्माण व्यवसायमा अनियमितता गर्ने ठेकेदारको घर छाडेर अब जनताको झुपडीमा बस्न जानेसम्मका कुरा प्रचण्डले गरेका थिए । महाधिवेशन सकियो, उनी अध्यक्ष भए । अब ती सारा बाचा पनि ‘प्रचण्डपथ’झैं हरायो । प्रचण्ड पुनः परिवारवाद र नातावादमा भासिएका छन् । उनी अहिले पनि बदनाम ठेकेदारकै घरमा बसिरहेका छन् ।

कार्ल मार्क्सको विवाह धनी परिवारकी जेनीसँग भएको थियो । यो दम्पतीबाट सात जना सन्तान भए । जेठी छोरी जेनी क्यारोलिन र माइली जेनी लाउराले कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे । तर उनीहरूले कहिल्यै पिताको नाम दुरूपयोग गरेनन् । लाभका पद र सत्ताबाट उनीहरू टाढै रहे

कम्युनिस्टका गुरुबाट सिक

आखिर सच्चा कम्युनिस्ट कस्तो हुन्छ ? यसबारे धेरै पर जानै पर्दैन । माओवादीले आदर्श मानेका नेताहरूकै उदाहरण हेर्दा हुन्छ ।

कम्युनिस्टका गुरु कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले आफ्नो जीवनशैलीलाई पूरै सर्वहारामा रूपान्तरण गरेका थिए । वर्गीय रूपमा धनी भए पनि एंगेल्सले आफ्नो सारा सम्पत्ति क्रान्ति अभियानमा सकेका थिए । उनले परिवारको सर्वहाराकरण गरेर उदाहरण प्रस्तुत गरेका थिए ।

हुन त कार्ल मार्क्सको विवाह धनी परिवारकी जेनीसँग भएको थियो । यो दम्पतीबाट सात जना सन्तान भए । जेठी छोरी जेनी क्यारोलिन र माइली जेनी लाउराले कम्युनिस्ट
आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे । तर उनीहरूले कहिल्यै पिताको नाम दुरूपयोग गरेनन् । लाभका पद र सत्ताबाट उनीहरू टाढै रहे ।

युद्धकालमा माओका छोराहरू एनिङ र एकिङ रुसमा पढ्न गए । दोस्रो विश्वयुद्धताका दुवै लालसेनामा भर्ना भएर लडे । यस क्रममा जेठा छोरा अमेरिका–कोरिया युद्धमा मारिए । तर माओले आफ्नो छोराको लाससमेत स्वदेशमा ल्याएनन

रुसमा क्रान्ति सफल पारेका नेता भ्लादिमिर इलिच लेनिनका दाइ अलेक्जेण्डर इल्यानोभलाई जार सरकारले मारिदियो । लेनिनकी पत्नी नादेज्दा क्रुप्सकायाले समाजवादी आन्दोलनमा ठूलो योगदान दिइन् । सोभियत संघमा कम्युनिस्ट शासन स्थापनापछि पनि लेनिन र क्रुप्सकायाले सामान्य मजदुरसरह तलब लिन्थे, सत्ताको भड्किलो सुविधा लिएनन् ।

चिनियाँ क्रान्तिका नायक माओकै कुरा गरौं । माओकी पत्नी याङकाइ हुईलाई तत्कालीन च्याङकाई सेक सरकारको सेनाले मारेको थियो । युद्धकालमा माओका छोराहरू एनिङ र एकिङ रुसमा पढ्न गए । दोस्रो विश्वयुद्धताका दुवै लालसेनामा भर्ना भएर लडे । यस क्रममा जेठा छोरा अमेरिका–कोरिया युद्धमा मारिए । तर माओले आफ्नो छोराको लाससमेत स्वदेशमा ल्याएनन् । उनले भनेका थिए, ‘जसरी अन्य चिनियाँ जनमुक्ति सेनाको अन्त्यष्टि गरिएको छ, त्यसरी नै मेरो छोराको पनि गर्नू ।’

माओको शासनकालमा उनका नातेदार, आफन्त र कुनै सन्तान लाभको पदमा गएनन् । माओ चीनको राष्ट्रपति हुँदा पनि उनका सन्तानले अन्य सामान्य चिनियाँझैं दुःख र कष्टपूर्ण जीवन बिताए ।

अझ, क्रान्ति सफल भएर चीनभरि माओको तस्बिर अंकित नोट प्रचलनमा आइसक्दा पनि माओ पुरानै फाटेको कोट लगाएर जनताको घरघर गइरहेका थिए । उनी भन्थे, ‘जबसम्म हरेक चिनियाँलाई नयाँ कपडा र भोजनको व्यवस्था हुँदैन, तबसम्म मैले नयाँ कोट लगाउनुको अर्थ छैन ।’

भियतनाम क्रान्ति सफल भइसकेपछि पनि होचिमिन्ह रबरको चप्पल लगाएर हिँड्थे । उनी भन्थे, ‘भियतनामका जनताको जीवनस्तर माथि नउठाएसम्म मैले छालाको जुत्ता लगाएर हिँडे भने म पनि बुर्जुवा भइहाल्छु नि ।’

क्रान्ति सफल भएर चीनभरि माओको तस्बिर अंकित नोट प्रचलनमा आइसक्दा पनि माओ पुरानै फाटेको कोट लगाएर जनताको घरघर गइरहेका थिए । उनी भन्थे, ‘जबसम्म हरेक चिनियाँलाई नयाँ कपडा र भोजनको व्यवस्था हुँदैन, तबसम्म मैले नयाँ कोट लगाउनुको अर्थ छैन

परिवारमोहमा चुर्लुम्मै प्रचण्ड

कहाँ माओ, कहाँ प्रचण्ड । कहाँ लेनिन, कहाँ प्रचण्ड । माओजस्तो हुन त माओजस्तै आचरण हुनुपर्छ । लेनिन बन्ने सपना देख्नु एउटा कुरा, लेनिनजस्तै सर्वहारा जीवन बाँच्नु बेग्लै । डेढ लाखको पलङ, सुकुटे रिसोर्ट सयर अनि नातावादको मोह त्याग्न नसक्नेहरू कसरी त्यो उचाइमा पुग्नसक्छन् ? अनि कसरी क्रान्ति पनि त्यो उचाइमा पुग्न सक्ला ?
अहिले माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रचण्ड परिवारका ६ जना बहाल छन् । ९७ जना मनोनीत केन्द्रीय कमिटीमा पछिल्लो पटक प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई पनि समावेश गरिएको छ । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् ।

२८ पुसमा २३६ जना केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित उनकी छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए । अर्की छोरी र ज्वाइँसमेतलाई केन्द्रीय सदस्य बनाएर प्रचण्डले पार्टीभित्र ‘परिवारवाद’ हाबी गराएका छन् । महाधिवेशनमा उनले गरेको वाचा पनि अब रद्दीको टोकरीमा मिल्किएको छ । उनले पार्टीका तमाम नेता र कार्यकर्ताको भावना र विश्वासमाथि फेरि एकपटक घात गरेका छन् ।

शान्ति प्रक्रिया प्रारम्भ भएदेखि नै प्रचण्डले छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई प्रदेश अध्यक्ष र ज्वाइँलाई सरकारी नियुक्ति दिलाउनेसम्मको नातावादी हर्कत गर्दै आएका हुन् ।

भियतनाम क्रान्ति सफल भइसकेपछि पनि होचिमिन्ह रबरको चप्पल लगाएर हिँड्थे । उनी भन्थे, ‘भियतनामका जनताको जीवनस्तर माथि नउठाएसम्म मैले छालाको जुत्ता लगाएर हिँडे भने म पनि बुर्जुवा भइहाल्छु नि

प्रचण्डको परिवारमोह त्यतिबेला उजागर हुन थाल्यो, जब ०६५ सालमा पहिलो पटक उनी प्रधानमन्त्री भए । छोरा प्रकाश दाहाल (हाल दिवंगत) लाई सचिवालयमा नियुक्त गर्दा प्रचण्डले चर्को आलोचना खेपेका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनले आफ्नै भतिजा समीर दाहाललाई पिए नियुक्त गरे । यति मात्र होइन, छोरा प्रकाशलाई पार्टीको पोलिट्व्युरो सदस्य र प्रधानमन्त्रीको सचिवालयमा राखे ।

परिवारमोहमा फस्दै गएका प्रचण्डले छोरी, ज्वाइँ, बुहारी गरी आठ जनालाई विभिन्न सरकारी पदमा नियुक्ति दिलाए । भाइ नारायण दाहाललाई प्रदेश अध्यक्ष बनाउनसमेत उनी चुकेनन् । गणतन्त्रको ‘काफल गेडी’ प्रचण्ड र उनका परिवारले मजाले ‘कुटुक्कै’ पारे ।

२०७४ वैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी केन्द्रकी साझा उम्मेदवार आफ्नी पुत्री रेणु दाहाललाई जसरी पनि मेयर जिताउन प्रचण्डले जुन हतकण्डा अपनाए, त्यसले लोकतान्त्रिक मर्यादाकै धज्जी उडायो । मतपत्र च्यात्नेदेखि दोहोर्‍याएर चुनाव गराउनेसम्मका घृणित खेल खेलियो ।

सोही साल मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्डले बुहारी विना मगरलाई कञ्चनपुर–१ को टिकट दिए भने ज्वाइँ जीवन आचार्यलाई मोरङ–६ को (क) मा प्रदेशको टिकट दिलाए । बुहारीले त जसोतसो चुनाव जितिन्, ज्वाइँ जीवनको पनि हार भयो । चुनाव हारे पनि कान्छा ज्वाइँ जीवनले सत्ताको सुखभोग गर्दै आए । मोरङ–६ को प्रदेशसभामा पराजित आचार्यलाई उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष सल्लाहकार नियुक्त गरियो ।

कहाँ माओ, कहाँ प्रचण्ड । कहाँ लेनिन, कहाँ प्रचण्ड । माओजस्तो हुन त माओजस्तै आचरण हुनुपर्छ । लेनिन बन्ने सपना देख्नु एउटा कुरा, लेनिनजस्तै सर्वहारा जीवन बाँच्नु बेग्लै । डेढ लाखको पलङ, सुकुटे रिसोर्ट सयर अनि नातावादको मोह त्याग्न नसक्नेहरू कसरी त्यो उचाइमा पुग्नसक्छन् ? अनि कसरी क्रान्ति पनि त्यो उचाइमा पुग्न सक्ला ?

प्रचण्डले बुहारी विनालाई पछि केपी ओली सरकारमा सरसफाइ तथा खानेपानी मन्त्री बनाए । मन्त्री विनाको कार्यकालमा मेलाम्ची खानेपानी आयोजनामा कमिसनको चक्कर सुरु भयो । ठेकेदारलाई भगाइयो, जसले गर्दा यो आयोजना लम्बियो । अहिले पनि काठमाडौंबासीले मेलम्चीको पानी खान पाएका छैनन् ।

एमाले र माओवादी केन्द्र एकीकरणपछि जब नेकपा गठन भयो, प्रचण्डले प्रदेश नम्बर ३ को अध्यक्षमा आफ्ना भाइ नारायण दाहाललाई छनोट गरे । जेठी छोरी जानु दाहाल (हाल दिवंगत) का पति सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गराए । माइला ज्वाइँ अर्जुन पाठकलाई भरतपुर महानगरपालिकाकी मेयर आफ्नै पत्नी रेणु दाहालको विशेष सल्लाहकारमा चयन गरेर सरकारी सेवा–सुविधा दिलाए ।

‘भूकम्पपीडित’ भन्दै नातिनीको चीन सयर

केही वर्षअघि गृह मन्त्रालयका कर्मचारीसहित ८३ जना युवायुवतीको टोली चीन भ्रमणमा गएको थियो । चीनको सिचुवानमा हुने एक साता लामो भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि भ्रमणमा सहभागी टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका चार नातिनी र तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतका दुई छोरी पनि थिए ।

नेपालको भूकम्पपीडित जिल्लाका १५ देखि ३० वर्षसम्मका युवाका लागि चीन सरकारले सिचुवान प्रान्तको कुन्मिङ र छेन्दुङ सहरको ७ दिने अवलोकन भ्रमणको व्यवस्था मिलाएको थियो । भ्रमण टोलीमा अध्यक्ष दाहालकी छोरी–नातिनी स्मिता प्रधान, दृष्टि केसी, सन्ध्या केसी र प्रतिमा पाठक, तत्कालीन मन्त्री बस्नेतका छोरीहरू संगम र वविता, पार्टी केन्द्रीय सदस्य अञ्जना बिसंखेकी छोरी स्वस्तिका र स्वकीय सचिव एवं जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरी सहभागी थिए ।

परिवारमाथि मात्र भर

पार्टीभित्र व्याप्त नातावाद र भ्रष्टीकरणबाट दिक्क भएका नेता लेखनाथ न्यौपानेले आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्प्णी गर्दै अघि सारेको विमतिमा लेखिएको थियो, ‘हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्य कारण पार्टीका नेताहरूको अपारदर्शी आर्थिक जीवन हो । हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ । हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फुर्ति हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन ।

सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गर्दै समाजवादी र साम्यवादी समाज निर्माण गर्ने चेतना र आन्दोलन सीमित नेताहरूको वर्ग उत्थानमा गएर बदनाम हुने कुरो कसरी सहन सकिन्छ । त्यसकारण हाम्रा नेता, जनप्रतिनिधिहरू र लाभको पदमा गएका सदस्यहरूको सम्पत्ति छानबिन गर्न तत्काल पार्टीभित्र समिति बनाऔं । आन्दोलनको अख्तियारी दुरूपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरूलाई पार्टीबाट कारबाही गर्ने आँट गरौं । अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ ।’

२८ पुसमा २३६ जना केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित उनकी छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए । अर्की छोरी र ज्वाइँसमेतलाई केन्द्रीय सदस्य बनाएर प्रचण्डले पार्टीभित्र ‘परिवारवाद’ हाबी गराएका छन्

महाधिवेशनपछि सच्चिन्छु भनेका प्रचण्डले न त भ्रष्ट ठेकेदारको घर छाडे, न त परिवारमोहबाट उम्कन सके । राजनीतिमा दोहोरो नैतिक र वैचारिक भूमिका निर्वाह गरिरहेका प्रचण्ड जसरी पनि सत्तामा रहने र गठबन्धनका आडमा राजनीतिक अस्तित्त्व जोगाउने ध्याउन्नमा छन् ।

परिवारमोहमा प्रचण्ड चुर्लुम्म डुब्नुको मनोवैज्ञानिक कारण भनेको उनको लघुताभाष र भय नै हो । जनयुद्धकालमा प्रचण्डका शक्तिका रूपमा रहेका मोहन वैद्य, डा. बाबुराम, विप्लव, वादल, मणि थापा, आहुति, गोपाल किराँती, लोकेन्द्र बिष्ट आदि कोही पनि उनको साथमा छैनन् । एमसिसी पास भएपछि नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरासमेत उनीसँग रुष्ट छन् । अर्थमन्त्री जनार्दन शर्मा आफ्नै शक्ति निर्माणमा जुटेका छन् ।

अब प्रचण्डलाई कसैको विश्वास छ भने आफ्नै छोरी, बुहारी, भाइ, ज्वाइँमाथि मात्र भएको देखिन्छ । त्यसैले पार्टी नेतृत्वमा उनी सकेसम्म आफ्ना नातागोताको एउटा बलियो कोटरी बनाउन चाहन्छन्, ताकि प्रचण्डको राजनीतिक अस्तित्त्व जोगाउन उनीहरू रक्षाकवच बन्न सकून् । छोरी रेणुलाई आउँदो निर्वाचनमा मुख्यमन्त्री बनाउनेसम्मको उनको चाहना रहेको बताइन्छ । यसै कारण वर्षमा पटक–पटक उनी चितवन भ्रमणमा गइरहन्छन् ।

‘परिवारवाद’को सिलसिला

पञ्चायतकालको ‘परिवारवाद’को चर्चा गर्नु व्यर्थ हुन्छ । राजतन्त्र आफैंमा वंश परम्परामा आधारित शासन । राजाको छोरा गर्भमै हुनेवाला राजा । दरबारिया र दरबारनिकटका मानिसका सन्तान नै राज्यका विभिन्न निकायमा उच्च पदस्थ अधिकारी हुनु त्योबेला स्वभाविकै हो ।

परिवारमोहमा फस्दै गएका प्रचण्डले छोरी, ज्वाइँ, बुहारी गरी आठ जनालाई विभिन्न सरकारी पदमा नियुक्ति दिलाए । भाइ नारायण दाहाललाई प्रदेश अध्यक्ष बनाउनसमेत उनी चुकेनन् । गणतन्त्रको ‘काफल गेडी’ प्रचण्ड र उनका परिवारले मजाले ‘कुटुक्कै’ पारे

२०४७ मा बहुदल आएपछि चाहिँ प्रतिभा, योग्यता र योगदानको कदर हुनुपथ्र्यो, त्यो हुन सकेन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै राजनीतिमा परिवारवाद भित्रयाए । उनले पुत्री सुजाता र नातिनी ज्वाइँ रुवेल चौधरीलाई सत्तामा हालीमुहालीको छुट दिए । पुत्री मोह कुन हदसम्म चुलियो भने, सुजातालाई राजनीतिमा अघि बढाइयो र धेरै लाभका पदहरू दिइयो । कुनै बेला कांग्रेसमा सुजाताको हैकम कुन हदसम्म थियो भने पुराना त्यागी नेताहरूसमेत उनीसामु नतमस्तक हुनुपथ्र्यो ।

तत्कालीन एमाले तथा हाल एकीकृत समाजवादीका नेता माधव नेपालले आफू उप–प्रधानमन्त्री भएका बेला पत्नी गायत्री नेपाललाई स्वकीय सचिव बनाए । ०५२ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकारमा रक्षाको समेत जिम्मेवारी लिएका र सरकार पनि आफैंले अप्रत्यक्ष रूपमा चलाइरहेका माधवले पत्नीलाई स्वकीय सचिव बनाएपछि चर्को आलोचना भएको थियो । तिनताक गायत्री कुनै बैंकको कर्मचारी थिइन् । पत्नीको नियुक्तिलाई जायज सावित गर्न माधवले धेरै माथापच्ची गरेका थिए । तर पार्टीमा उग्र विरोध भएकाले माधवले गायत्रीलाई स्वकीय सचिव पदबाट हटाए । खासमा कम्युनिस्ट पार्टी सरकारमा पुगेपछि नातागोता पोस्ने परिवारवादी
संस्कारको सुरुवात माधव नेपालले गरेका हुन्, जसलाई अहिले प्रचण्डले व्यापक बनाइदिएका छन् ।

परिवार मोहको यो चंगुलमा आफूलाई सादगीपूर्ण नेता दाबी गर्ने नेता डा. बाबुराम भट्टराई पनि फसेकै हुन् । आफू प्रधानमन्त्री भएका बेला डा. भट्टराईले पत्नी हिसिला यमीकी दिदी तिमिला यमीलाई काठमाडौं उपत्यका खानेपानी संस्थानको अध्यक्ष बनाए । त्यसैगरी, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा (हाल दिवंगत)ले आफ्ना छोरा सुनील थापालाई मन्त्री पदमा सिफारिस गरेर परिवारवादलाई बढावा दिए ।

एमालेभित्र परिवारवाद

कम्युनिस्ट पार्टी सरकारमा पुगेपछि नातागोता पोस्ने परिवारवादी संस्कारको सुरुवात माधव नेपालले गरेका हुन्, जसलाई अहिले प्रचण्डले व्यापक बनाइदिएका छन्

नेकपा (एमाले) का अध्यक्ष केपी ओली बारम्बार आफ्ना सन्तान नभएको बताउँदै आफू नातावाद कृपावादमा नफसेको दाबी गर्छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्दै एक पटक भनेका थिए, ‘देशकै उलटफेर गर्छु भनेर १७ हजार मान्छे चैट बनाउनुभएको हो । क्रान्तिका नाममा देश कब्जा गर्छु पनि भन्नुभएको हो । दुःखद् परिस्थिति भए पनि उलटफेर नै गर्छन् कि भन्ने थियो । तर अहिले परिवर्तन केमा भयो ? परिवार नातागोता आफन्त ? जसले ज्यान दिए, कुनै शहीद परिवारको बच्चो पढाउने कष्ट गर्नुभएको छ ?’

ओलीले प्रचण्डको हकमा यसो भने पनि उनको पार्टी एमालेभित्र नातावाद कृपावादको कुरूप तस्बिर छरपस्ट देखिन्छ । एमाले महाधिवेशनका बेला केन्द्रले अघि सारेको केन्द्रीय समितिको सूचीमा महासचिव शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य, बहीनी मेनका पोखरेल परेका थिए । श्रीमती शाक्य त अहिले एमालेको सांसद नै छिन् ।

त्यसैगरी शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई, रघुवीर महासेठ र पत्नी जुली महतो, केशव बडालका भाइ रमेश बडाल, राजन भट्टराई, उनकी बहिनी विद्या भट्टराई पनि एमालेमा हालिमुहाली गरिरहेकै छन् । रवीन्द्र अधिकारीको निधनपछि उनकी पत्नी विद्यालाई राजनीतिमा ह्वात्तै माथि ल्याइयो, ठीक त्यसैगरी जसरी मदन भण्डारीको दासढुंगामा भएको रहष्यमय अवसानपछि उनकी विधवा विद्या भण्डारीलाई अघि बढाइयो ।

 

ताजा अपडेट

नेपालवाच विशेष