NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सिन्धुपाल्चोक कांग्रेसमा संस्थापनकै दुई उम्मेदवार भिडेपछि शेखर पक्षलाई चिठ्ठा !

काठमाडौं । कांग्रेस सिन्धुपाल्चोक सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणमा तीनमध्ये कुनै उम्मेदवार पनि ५० प्रतिशत मत नकटाएपछि फेरि मतदान हुने भएको हो । मतदान आजै ११ बजेपछि हुने जनाइएकाे छ ।

पहिलो चरणमा संस्थापन पक्षका उम्मदेवार जंगबहाुदर तामाङले ७०५ मत ल्याएका थिए । संस्थापनइतर पक्षका बंशलाल तामाङले ६२९ मत ल्याएका थिए । तर संस्थापनसँग असहमत हुँदै उठेका प्रेमध्वज लामाले पनि ४९३ मत ल्याएपछि निर्वाचन दोस्रो चरणमा पुगेको हो । निर्वाचनमा १८६७ मत खसेको थियो । दोस्रो चरणमा जंगबहादुर र वंशलालबीच पुनः प्रतिस्पर्धा हुँदैछ । यस्तनोमा संस्थापनबाटै बागी उम्मेदवारी दिएका प्रेमध्वज निर्णायक बन्ने भएका छन् ।

पत्रकार सम्मेलन गरेरै प्रेमध्वजले मोहन बस्नेतले आफूलाई अन्याय गरेको भन्दै दोस्रो चरणमा वंशलाललाई समर्थन गर्ने घोषणा गरेका हुन् । पहिलो चरणमा संस्थापन पक्षले साझा उम्मेदवार बनाउन नसक्नुको फाइदा डा. शेखर कोइराला पक्षले उठाउन सक्ने देखिएको छ । किनकी संस्थापनको असन्तुष्ट प्रेमध्वज पक्ष र डा. शेखर पक्ष मिल्दा दोस्रो चरणमा संस्थापननका जंगबहादुर हार्ने देखिएको छ । यद्यपी प्रेमध्वजको सबै मत वंशीलाललाई नजाने पनि बताइन्छ । यस्तोमा दोस्रो चरणको निर्वाचन प्रतिस्पर्धात्मक बन्न सक्ने पनि बताइन्छ ।

तर निर्वाचनलाई दोस्रो चरणसम्म लान सक्नु र प्रेमध्वजको समर्थन पाउनुले शेखर पक्षले आफूहरूलाई चिठ्ठा परेको सम्झिएको छ । जिल्लामा संस्थापनका मोहन बस्नेले जंगबहादुर र प्रेमध्वजलाई मिलाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको हो ।

प्रेमध्वजले पत्रकार सम्मेलन गर्दै ४३ सालदेखि बस्नेतलाई समर्थन गरे पनि अहिले आफूमाथि अपमान भएको बताएका छन् । यसैले संस्थापनका जंगबहादुरलाई भोट नहाल्ने उनको घोषणा छ । इतर पक्षका वंशीलाललाई विकास लामाको पनि समर्थन छ । बस्नेतकाे पकड रहेकाे जिल्ला हुनुका बाबजुद विकास अघिल्लाेपटक संस्थापनइतर पक्षबाट सभापति जित्न सफल भएका थिए ।