NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको फैसला चैत २० मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विद्रोह गरेका माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाइ चैत २० मा हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका सो मिति तोकेका हुन् ।

पार्टीको नीति र निर्देशनविपरीत कामकारवाही गरेको आरोपमा अध्यक्ष ओलीले नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए । तर कारवाही हुँदा नेता नेपालले पार्टी विभाजन गरी एकीकृत समाजवादी पार्टी खोलिसकेका थिए ।

यसैलाई आधार बनाएर विभाजनपछि आएको कारवाहीलाई मान्यता दिन नसक्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूलाई सांसदको मान्यता दिएका थिए ।

यसै विषयलाई लिएर एमाले अध्यक्ष ओली सर्वोच्च पुगेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष