NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रुसकाे आक्रमणबाट युक्रेनको एलभिभमा ३५ को मृत्यु

एलभिभ । युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका ३५ जनाको मृत्यु भएको छ । रुसी सेनाले पोल्यान्डको सीमानजिक रहेको युक्रेनको सैन्य तालिम केन्द्र याभोरिभमा गरेको हवाई आक्रमणमा परी अरु कैयौं घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

क्षेत्रीय गभर्नर म्याक्सिम कोजित्स्कीका अनुसार युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौं मानिस विस्थापित भएका छन् ।

ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । विशेष गरेर दक्षिणी बन्दरगाह सहर मरिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन् ।