NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ग्रीन भेन्चर्सको चैत्र ८ गतेदेखि आइपिओ खुल्ने

काठमाडाैं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

जसमध्ये ५५ अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोष र ३५ अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो ।

उक्त सेयरमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।