NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते
प्रेरणा

दक्षिणी सुडानका ‘जंगल र वन्यजन्तु’को संरक्षण गरिरहेकी बिबियाना

काठमाडाैं । बिबियाना मार्टिनले आफू जंगलमा नबसेको वा त्यहाँ काम नगरेको कुनै समय सम्झिन सक्दिनन् । ३२ वर्षीया मार्टिनले १२ वर्षको उमेरमा हजुरबुवासँग आफू रेन्जर बन्छु भनेर बिन्ति गरेदेखि अहिलेसम्म दक्षिण सुडानका जंगलको रक्षा गरिरहेकी छन् ।

उनी मध्य अफ्रिकी गणतान्त्रिक राष्ट्रको सिमानामा रहेको दक्षिणपश्चिम सुडानको बांगनगाई संरक्षण क्षेत्रको छेउमा रेन्जर आउटपोस्टमा बस्छिन् । पोस्ट टाढा छ । त्यस क्षेत्रमा धेरै खरका झुपडी छन् । प्रत्येकको छेउमा एउटा सानो बगैँचा छ, जहाँ रेन्जरहरु तरकारी खेती गर्छन् । भान्सामा केही काठका बेन्च र प्लास्टिकका कुर्सी राखिएका छन् । आगोको चुल्होमा सानो भाडामा रेन्जरहरु खाना पकाउने गर्छन् ।

एकान्त र दुर्गम ठाउँमा भएकाले रेन्जरको काम सहज छैन । त्यहाँ विजुली, यातायात, रेस्टुरेन्टको सुविधा छैन । फोन नेटवर्कका लागि ९ किलोमिटर पर पुग्नुपर्छ । पुरुष रेन्जरले महिलाहरुमाथि दुव्र्यवहार गरे भने उनी माफी माग्न लगाउँछिन् र सबैलाई अनुशासनमा राख्छिन् ।

मार्टिन भएको पोस्टमा २५ जनामध्ये ३ जना मात्रै महिला रेन्जर छन् । लामो गृह युद्ध, स्रोतसाधानको अभाव, चोरीशिकारी एवं वन विनाशको चुनौतीका बावजुद पनि दक्षिण सुडानको पार्क तथा वन्यजन्तुको संरक्षण गर्छिन् ।

बांगनगाई करिब १७० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिइएको छ । दक्षिण सुडानमा यस्ता १९ वटा संरक्षित क्षेत्र, १३ गेम रिजर्भ र ६ वटा निकुञ्ज रहेका छन् । यसले देशको १३ प्रतिशत क्षेत्रफल ओगटेको छ । यी आरक्षण क्षेत्र विश्वमै दुर्लभ मानिने चिम्पान्जी, बोंगो र अफ्रिकी गोल्डेन बिरालोको घर हो ।

सुडानको पाँच वर्ष लामो गृहयुद्धका क्रममा धेरै विस्थापित भए, ४ लाख मानिस मारिए । सन् २०१३ देखि २०१८ सम्म भएको युद्धका क्रममा ती पार्कहरुमा सशस्त्र समूहरु बसेका थिए ।

देशको त्यो भागमा पनि युद्ध थियो, ताम्बुरा काउन्टीमा सरकार र विपक्षी मिलिसियाहरुबीचको लडाईमा ८० हजार मानिस विस्थापित भए, सयौ मारिए । अन्य क्षेत्रमा युद्धको प्रभाव परे पनि रेन्जर पोस्ट केही हदसम्म शान्त थियो । अहिले रेन्जरहरु लडाईले भत्काएका वस्तुहरु पुनः निर्माणमा पनि जुटेका छन् ।

बांगनगाईबाट १५० किलोमिटर टाढा तम्बुरामा जन्मिएकी मार्टिनको विद्यालय जाने सपना थियो । उनी विद्यालय पढ्ने उमेरमा खुशी हुँदै बजारमा कलम र नोटबुकहरु किन्थिन् । तर आमा बाबुले विद्यालयमा शुल्क तिर्न नसकेपछि उनलाई कक्षाबाट निकालियो । त्यसपछि उनी विद्यालय जान सकिनन् ।

बिहानको गस्तीको लागि उनी काँधमा बन्दुक, बोत्तलमा पानी बोकेर अरु रेन्जरलाई पछ्याउँछिन् । उनीहरु गस्तीमा मानिस, जनावारको पदछाप देखेपछि त्यसको रेकर्ड गर्छन् । जनावारहरुको ट्रयाकका अतिरिक्त क्यामेरा ट्रयापहरु निगरानी गर्छन् । त्यहाँ आएका शिकारी क्यामेराको मद्दतले समातिन्छन् ।

योबाहेक मार्टिन वरिपरिको समुदायमा जंगल र जनावारहरुको संरक्षणबारे जनचेतना जगाउने काम गर्छिन् । उनी शिकारीहरु पनि समात्छिन् । जनयुद्धको वेला रेन्जरलाई गस्ती गर्न रोके पनि मार्टिनले मुख्यालयमा बसेर १२ जना शिकारी पक्राउ गरेकी थिइन् ।

बांगनगाईबाट १५० किलोमिटर टाढा तम्बुरामा जन्मिएकी मार्टिनको विद्यालय जाने सपना थियो । उनी विद्यालय पढ्ने उमेरमा खुशी हुँदै बजारमा कलम र नोटबुकहरु किन्थिन् । तर आमा बाबुले विद्यालयमा शुल्क तिर्न नसकेपछि उनलाई कक्षाबाट निकालियो । त्यसपछि उनी विद्यालय जान सकिनन् ।

‘विद्यालय पढ्न जान नपाउँदा दुख लाग्यो’ मार्टिन भन्छिन् । तर जीवनमा केही गर्नका लागि उनलाई यसले रोकेन । उनका हजुरबुवा रेन्जर थिए । यसकारण पनि उनले १२ वर्षको उमेरदेखि नै रेन्जरको काम गर्न थालिन् । सुरुका ३ वर्ष उनले निशुल्क काम गरिन् । कार्यालय सफा गर्ने, चिया बनाउने, अनुशासन र सम्मानका साथै कानुन पालनाको महत्व पनि सिकिन् । त्यसपछि १५ वर्षको उमेरमा रेन्जरको तालिम लिएर बन्दुक चलाउन सिकिन् र पार्कहरुमा गस्ती सुरु गरिन् ।

उनकाे पहिलो कमाई ३ सय डलर थियाे । यो उनको लागि निकै महत्वपूर्ण क्षण थियो । तर उनलाई पैसाकाे अभावका कारण विद्यालय जान नपाएकोमा दुख लागिरहन्थ्यो ।

रेन्जर भएकाे केही वर्षपछि उनी पश्चिमी इक्वाटोरियाका धेरै चौकीमा काम गरिन् । काममा अब्बल ठहरिएकी मार्टिन सन् २०११ मा सेकेन्ड लेफ्टििनेन्टमा बढुवा पनि भइन् ।

‘दक्षिण सुडान वन्यजन्तु संरक्षणको लागि अफ्रिकी महादेशकै विशाल क्षेत्र बन्ने सम्भावना छन् ।’

दक्षिण सुडानको २०१३-२०१८ को जनयुद्धपछि उनले थप नयाँ चुनौती चाहन्थिन र आरक्षण केन्द्रमा आउन अनुरोध गरिन् । अहिले उनी त्यहाँ आफ्नी छोरी भिक्टाेरियासँग बस्दै आएकी छन् ।

मार्टिन आफ्नो धेरै समय गस्तीमै बिताउँछिन् । उनकी छोरी भिक्टोरियाले उनलाई तरकारीमा पानी हाल्न, करेसामा काम गर्न सहयोग गर्छिन् । उनीहरु गस्तीमा जाँदा जंगलभित्र एक साताभन्दा बढी समय पाल टाँगेर बस्छन् । त्यससमयमा उनी आफ्नी छोरीलाई अरु रेन्जरसँग चौकीमै छोडेर जान्छिन् ।

मार्टिनले १८ वर्षको उमेरमा विवाह गरेकी थिइन् । तर विवाहको ११ वर्षपछि सम्बन्धविच्छेद गरिन् । उनका अरु दुई छोरी याम्बियो सहरमा विद्यालय पढ्छन् । भिक्टोरियालाई पनि विद्यालय पठाउने उनको इच्छा छ । आफ्नै जग्गामा एउटा कंक्रिटको घर बनाउने र सन्तानलाई उच्च शिक्षा पढाउने सपना मार्टिनसँग छ ।

एकान्त र दुर्गम ठाउँमा भएकाले रेन्जरको काम सहज छैन । त्यहाँ विजुली, यातायात, रेस्टुरेन्टको सुविधा छैन । फोन नेटवर्कका लागि ९ किलोमिटर पर पुग्नुपर्छ । पुरुष रेन्जरले महिलाहरुमाथि दुव्र्यवहार गरे भने उनी माफी माग्न लगाउँछिन् र सबैलाई अनुशासनमा राख्छिन् ।

गस्तीमा नगएको समयमा मार्टिनले ३ हजार सदस्य रहेको समुदायका मानिसहरु भेला पारेर वनजंगल संरक्षणको महत्व बुझाउँछिन् र जनावारको बाँच्ने अधिकारबारे पनि बताउँछिन् । ‘यदि मैले यो गरिनँ भने कसैले पनि गर्दैन्’ उनले भनिन् ।

पार्कसंरक्षण र महिला प्रेरणा

दक्षिणी सुडान जलवायु परिवर्तनको असरबाट धेरै प्रभावित छ । यो देश लगातार तीन वर्ष बाढीको चपेटामा पर्दा ८ लाख ५० हजार मानिस प्रभावित भए । सयौं मानिस र हजारौं जनावार मरे । तर पनि सरकारले थोरै बजेट संरक्षणको लागि छुट्याएको छ ।

१ सय रेन्जरहरु एउटा गाडी र विना वाकीटकी पश्चिमी इक्वाटोरिया राज्यको जंगल र वन्यजन्तु संरक्षणका लागि खटाइएका छन् । त्यहाँ मोबाइल नेटवर्क पनि छैन ।

युद्धबाट कमजोर भएका राष्ट्रका लागि वन संरक्षण प्राथमिकतामा नपरेको भए पनि राष्ट्रिय बजेटको ५ दशमलव ८ मिलियन डलर वन्यजन्तु आरक्षणका लागि छुट्याएको छ । यो राष्ट्रिय बजेटको १ प्रतिशतभन्दा थोरै रकम हो । ‘दक्षिण सुडान वन्यजन्तु संरक्षणको लागि अफ्रिकी महादेशकै विशाल क्षेत्र बन्ने सम्भावना छन’, एफएफआइका दक्षिण सुडान प्रतिनिधि बेनोइट मोर्केल भन्छन् ।

‘निसन्देह, अन्य धेरै विकास, आपतकालीन अवस्थाको सामना गर्दा वन र वन्यजन्तु संरक्षण मानिसहरुको प्राथमिकतामा नपर्न सक्छ तर यी पार्क, अन्य प्राकृतिक स्रोतको राम्रो व्यवस्थापनले दिगो विकास र जलवायु परिवर्तनबाट परेको असर कम गर्न महत्वपूर्ण योगदान गर्नेछ । अब दक्षिण सुडानको सामाजिक, आर्थिक, जलवायु संकटलाई विचार गर्दै काम गर्ने समय पनि हो ।’

जनयुद्धपछि मार्टिन जस्ता रेन्जरहरु यसलाई जनावारको लागि अझ बढी बस्न योग्य बनाउने आशामा फर्केका छन् र समुदायसँग भूमिको संरक्षण, वन्यजन्तुको महत्व जगाउने काममा लागेका छन् । मार्टिनसहित अन्य रेन्जरहरु आफूले गरेको कामप्रति गर्व गर्छन् । उनीहरुले आफूहरुको कारण पार्कमा चोरी शिकारी रोकिएको, जनावारहरु विस्थापित नभएको र त्यही फर्किएर आएको संकेतहरु भेटेका छन् ।

अवरोधहरूको बाबजुद पनि मार्टिन आफ्नो लडाइँ जारी राख्ने बताउँछिन् । आफ्नो कथाले दक्षिण सुडानका महिलालाई प्रेरित गर्ने आशाले पनि उनी पार्कहरूको सुरक्षा गर्न चाहन्छिन् ।

तर पनि चुनौती र धम्की भने कायमै छ । स्थानीय र संरक्षणकर्मीका अनुसार देशमा शान्तिसम्झौता भएपछि मानिसहरु स्वतन्त्र रुपमा आवातजावत गर्न र जनावार मार्न सजिलो भएकाले निकुञ्जको संरक्षित क्षेत्रहरु बाहिर शिकारी वृद्धि भएको बताउँछन् ।

रेन्जरहरू पार्क वरपरका विशाल क्षेत्रहरू अनुगमन गर्न सञ्चार उपकरण र यातायातको अभाव भएको बताउँछन् । ‘गत सेप्टेम्बरमा रेन्जरहरूले एक शिकारीलाई पक्रे र शिकारीलाई सहर लैजान गाडी नभएका कारण उसलाई आफ्नो आधार शिविरमा राखे तर एक महिनापछि ती शिकारी भागेर कङ्गो फर्किए’, रेन्जरहरु भन्छन् ।

निरन्तरको आन्तरिक लडाईँले पनि पार्कहरूको सुरक्षामा चुनौतीहरू खडा गर्यो । युद्धकै कारण दक्षिणी राष्ट्रिय निकुञ्जमा एउटा रेन्जर पोस्ट बन्द गर्न बाध्य बनायो ।

अवरोधहरूको बाबजुद पनि मार्टिन आफ्नो लडाइँ जारी राख्ने बताउँछिन् । आफ्नो कथाले दक्षिण सुडानका महिलालाई प्रेरित गर्ने आशाले पनि उनी पार्कहरूको सुरक्षा गर्न चाहन्छिन् ।

रेन्टर पोस्टको बीचमा गर्वका साथ उभिएर अधिकांश पुरुष सहकर्मीका अगाडि उनले ‘सबै महिलाहरुलाई अल्छि नबनी आफ्नो जीवनमा केही काम सुरु गर्न सन्देश दिन्छु’ भनिन्, ‘आफूले गरेको कामले बालबालिका, अझ विशेष गरी छोरीहरुलाई विद्यालय पठाउन सहयोग पुग्छ, उनीहरुको समय बर्बाद हुन नदिनुहोस् र घरमै बस्न नलगाउनुहोस् ।’

अलजजिराबाट अनुवाद गरिएकाे