NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

काठमाडौं । संसद् अधिवेशन अन्त्यको लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे जानकारी दिए । आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सरकारले सिफारिस गरेको हो ।

एमालेको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट १५ फागुनमा एमसिसी अनुमोदन भएको थियो । त्यसपछि पनि संसद बैठक सुरु भएलगत्तैदेखि एमालेले नाराबाजी गर्दै आएको थियो ।

सभामुखलाई हटाउनुपर्ने र नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई कारवाही गर्नुपर्ने माग एमालेको छ ।

बैठक चल्न पनि नसक्ने र एमालेको माग पूरा गर्न पनि नसक्ने भएपछि सरकारले हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिसमक्ष गरिएको बुझिएको छ ।

एमालेले भदौ २३ यता संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।