NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

८३ जनामा कोरोना संक्रमण, १३० कोरोनामुक्त

काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोरोना भाइरसको संक्रमण घट्दै गइरहेको छ । आज चार हजार सात सय ३४ जना पीसीआर परीक्षण गर्दा ५७ जना र तीन हजार १५० एन्टिजेन परीक्षण गर्दा २६ जना गरी कुल ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख ७८ हजार ४४ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या एक लाख ३९ हजार ९५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३० जना कोरोनामुक्त भएकासँगै देशभर निको हुनेको संख्या ९ लाख ६१ हजार ३४८ जना पुगेको छ ।

मंगलबार कसैको पनि कोरोनाबाट मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ जना छन् ।

No photo description available.