NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एमसिसी विरुद्धको प्रदर्शनमा तोडफोड भएको पसललाई ४ लाख क्षतिपूर्ति

काठमाडौं । अमेरिकी परियोजना एमसिसीविरुद्ध भएको प्रदर्शनमा काठमाडौंको बुद्धनगरस्थित एउटा पसलमा भएको क्षतिको सरकारले क्षतिपूर्ति दिने भएको छ ।

रेडीमेड कलेक्सन पसलकी सञ्चालक जानकी श्रेष्ठलाई क्षतिपूर्तिस्वरुप चार लाख रुपैयाँ क्षतिपूर्ति दिने मन्त्रिपरिषद्बाट निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गत फागुन ८ मा एमसिसीविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए । सो क्रममा प्रहरीहरू ज्यान जोगाउन सो पसलभित्र पसेका थिए । सञ्चालक श्रेष्ठले उनीहरूलाई आश्रय दिएकी थिइन् ।

त्यसपछि प्रदर्शनकारीहरूले पसलमा तोडफोड गरेका थिए ।