NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

क्वाटरफाइनलमा एथ्लेटिको मड्रिड

काठमाडौं । म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडसँग पराजित म्यानचेस्टर युनाइटेड च्याम्पियन्सको अन्तिम १६ बाट बाहिरिएको हो ।

दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग १–० ले पराजित म्यानचेस्टर युनाइटेड समग्रमा २–१ को हारसहित बाहिरियो ।

एथ्लेटिकोका लागि ४१ औं मिनेटमा रेनान लोडीले निर्णायक गोल गरे ।

म्यानचेस्टरलाई पराजित गरेको एथ्लेटिको मड्रिड भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।