NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

फरार दम्पती पक्राउ

जनकपुर । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र दुई लाख ५० हजार जरिवानाको सजाय पाएर फरार जनकपुरधाम उपमहानगरपालिका-१३ का ४२ वर्षीय रामजी पासवान र एक लाख ५० हजार जरिवानाको सजाय पाएका पासवानको ३२ वर्षीया श्रीमती बिभा पासवानलाई धनुषा प्रहरी पक्राउ गरेको हो ।

अदालतबाट फैसला भएपश्चात फरार रहेका दुवै जनालाई जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । धनुषा जिल्ला अदालतले गत २०७७ माघ २२ गते दम्पतीलाई सो सजायको फैसला गरेको थियो ।