NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युनाइटेड पाँचौं सिजनसम्म लगातार उपाधिविहीन

काठमाडौं । इंग्लिस महारथी म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग फुटबलको यात्रा टुंगिएको छ ।

यससँगै क्रिस्टियानो रोनाल्डो, ह्यारी मग्वायरजस्ता स्टार खेलाडी रहेको युनाइटेड यस वर्ष पनि उपाधिविहीन बन्ने सम्भावना निश्चित भएको छ । युनाइटेड लगातार पाँचौं वर्ष उपाधिविहीन बन्ने भएको हो ।

गएराति च्याम्पियन्सको लिग अन्तिम १६ बाट बाहिरिएपछि युनाइटेड पाँचौं सिजन उपाधिविहीन हुने भएको हो ।

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएपछि युनाइटेड समग्रमा २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

च्याम्पियन्स लिगबाट समेत बाहिरिएकोपछि युनाइटेडको अन्तिम उपाधि आशा पनि समाप्त भएको हो ।
युनाइटेड यो वर्ष च्याम्पियन्स लिगमा मात्र उपाधि होडमा बाँकी रहेको थियो ।

सर्वाधिक ३१ उपाधि जितेको युनाइटेड यो वर्ष प्रिमियर लिगको पाँचौं स्थानमा रहँदै उपाधि होडभन्दा बाहिर पुगिसकेको छ । युनाइटेडका लागि अर्को वर्ष च्याम्पियन्स लिगमा स्थान बनाउनसमेत धौ–धौ परिरहेको छ ।

यस्तै युनाइटेड एफए कप र काराबाओ कपमा पनि बाहिरिइसकेको छ । युनाइटेड कारबाओ कपबाट त झन् तेस्रो चरणबाटै बाहिरिएको थियो ।

युनाइटेडले पछिल्लो पटक २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो । त्यसयता युनाइटेड उपाधिविहीन रहँदै आएको छ ।

च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

आयाक्सलाई पाखा लगाउँदै बेन्फिका क्वार्टरफाइनलमा