NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भगवन्त मानले पञ्जाबको मुख्यमन्त्रीको सपथ लिए

काठमाडौं । आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन् । उनको सपथ ग्रहण समारोह पञ्जाबको नवासहरमा भगत सिंहको पैतृक गाउँ खटकड कलामा भएको थियो ।

पञ्जाबका राज्यपाल बनवारीलाल पुरोहितले सपथ ग्रहण गराएका हुन् । उनी पञ्जाबका १७ औं मुख्यमन्त्री हुन् ।

विधानसभा चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमतका साथ पञ्जाबमा जितेको थियो । पार्टीलाई पञ्जाबको ११७ सिटमध्ये ९२ सिटमा जित मिलेको छ । कांग्रेसलाई १८, भाजपालाई २ र अकाली दलले ३ सिट जितेका थिए ।

भगवन्तले कांग्रेसका दलवीर सिंह गोल्डीलाई पराजित गरेका थिए । पञ्जाब निर्वाचनमा कतिपय दिग्गज नेता पनि पराजित भएका छन् । प्रमुख पार्टी मानिएका कांग्रेस र अकाली दल पनि खुम्चिएपछि पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित भनिएको छ ।