NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते
च्याम्पियन्स लिग :

युभेन्ट्स बाहिरियो, चेल्सी र भिल्लारियल क्वार्टरफाइनलमा

काठमाडौं । इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स स्पेनिस क्लब भिल्लारियलसँग ३–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो लेगमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए । यसर्थ, युभेन्ट्स समग्रमा ४–१ को गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफमा दुवै टोली गोल गर्नबाट चुकेका थिए । तर दोस्रो हाफमा भिल्लारियलका खेलाडी चम्किए ।

भिल्लारियको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र अर्नाउड नान्जुमाले एक–एक गोल गरेका हुन् ।

गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र सिजर एज्पिलिक्वेटाले एक–एक गोल गरे भने लिलका बुराक यिल्मासले सान्त्यना गोल फर्काए ।

यी दुई टोली बीचको पहिलो लेग चेल्सीले २–० ले जितेको थियो । चेल्सी समग्रमा ४–१ गोल अन्तरले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष