NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

अब्रामोविचलाई लगाएको प्रतिबन्धले संकटमा चेल्सी

काठमाडाैं । युरोपेली फुटबल क्लब चेल्सी रोमन अब्रामोभिचको सम्पत्तिहरुमध्ये एउटा महत्वपूर्ण सम्पत्ति हो । रुस-युक्रेन युद्ध चर्किएपछि अब्रामोभिचलाई बेलायती सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध रहेका कारण प्रतिबन्ध लगाएको छ । रुसको आक्रमणपछि छानबिनमा रहेका अब्रोमोविचले गत साता प्रिमियर लिग क्लब चेल्सी बेच्ने घोषणा गरेका थिए ।

त्यो प्रक्रिया अहिले रोकिएको छ । फोब्र्सले विश्व फुटबलमा सातौं मूल्यवान ३.२ बिलियन डलर रेट गरिएको पश्चिमी लन्डन क्लबलाई मे ३१ सम्म विशेष सरकारी इजाजतपत्र अन्तर्गत सञ्चालन गर्न र खेल जारी राख्न अनुमति दिएको छ ।

‘इजाजत पत्र खेलकुद, प्रिमियर लिग, फुटबलका प्रशसंकहरु, अन्य क्लबहरुका लागि सुरक्षा हो । यसले अब्रामोविचलाई क्लबको स्वामित्वबाट लाभ उठाउन बञ्चित गर्नेछ र बेलायतको प्रतिबन्ध उनले बेवास्ता गर्न पनि मिल्दैन’ बेलायती सरकारले एक विज्ञप्तिमा भनेको छ ।

बेलायतले गत बिहीबार अब्रामोविचसहित ७ जना धनाढ्यको आर्थिक कारोबार रोक्का गरेको छ । नयाँ टिकट बेच्नेदेखि नयाँ खेलाडी लिने सबै गतिविधिहरु तत्कालै बन्द गरिएको थियो । मालिकलाई पुटिनको शासनसँग घनिष्ठ सम्बन्ध रहेको भन्दै प्रतिबन्ध लगाउने आवाजहरु उठेपछि चेल्सीलाई गत साता बिक्रीका लागि राखिएको थियो । उनले यो रकम युद्धका पीडितहरुका लागि सुरु गरेको फाउन्डेसनमा जाने बताएका थिए । क्लब बिक्री प्रक्रिया पनि सरकारी स्वीकृतिको विषय भएकाले यो रोकिएको छ ।

रुसले चेल्सी सन् २००३ मा १४ करोड पाउन्डमा किनेको थियो । र उनको लगानी इतिहासको सबैभन्दा सफल युगमा परिणत भएको छ । क्लबले पाँच प्रिमियर लिग, पाँच एफए कप र दुईपटक च्याम्पियन्स लिग जितेकाे छ । 

‘अहिलेको इजाजतपत्रले यस समयमा क्लब बिक्री गर्न अनुमति दिँदैन, तर सरकारले  बिक्रीको लागि अनुमति दिन नयाँ लाइसेन्सको लागि आवेदन विचार गर्नेछ, कुनै पनि बिक्रीबाट प्राप्त आय प्रतिबन्ध हुँदासम्म स्वीकृत व्यक्तिमा जान सक्दैन’ बेलायती सरकारले भनेकाे छ ।

बेलायती सरकारले ९ अर्ब पाउन्ड सम्पत्तिका मालिक अब्रामोविचलाई ‘क्रेमिनल समर्थित धनाढ्य’ भन्दै रुससँगको सम्बन्धका कारण प्रतिबन्ध गर्नुपर्ने बताएको छ । अब्रामोविचलाई युक्रेनलाई कमजोर, स्थिर र खतरायुक्त बनाउन पनि जिम्मेवार मानिएको छ ।

सन् १९९१ मा सोभियत संघको पतनपछिका वर्षहरुमा तेल र एल्मुनियमकाे व्यापारले धनी भएका अब्रामोविचले दुई साताअघि युक्रेन युद्ध सुरु भएदेखि दुईवटा बयानमा रुसले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गरेका छैनन । बेलायती सरकारले अब्रामोविचलाई पुटिनको प्रशासनबाट आर्थिक लाभहरु प्राप्त गरेको बताएको छ ।

रुसले चेल्सी सन् २००३ मा १४ करोड पाउन्डमा किनेको थियो । र उनको लगानी इतिहासको सबैभन्दा सफल युगमा परिणत भएको छ । क्लबले पाँच प्रिमियर लिग, पाँच एफए कप र दुईपटक च्याम्पियन्स लिग जितेकाे छ ।

यो फुटबल क्लबले अनुमतिपत्रमा छिट्टै नयाँ परिवर्तन खोज्ने बताएको छ । ‘हामी इजाजतपत्रको दायराको बारेमा बेलायत सरकारसँग छलफल गर्न चाहन्छौं’ चेल्सीले एक विज्ञप्तिमा भन्यो ।

खेलकुद पत्रकार गेभिन हमिल्टनले अब्रामोविचमाथि लगाएको प्रतिबन्धले क्लब बेच्नलाई धेरै अप्ठ्यारो हुने बताएका छन् । ‘अब्रामोविचले क्लबलाई झन्डै २ अर्ब डलर ऋण लगाएका थिए । उनी त्यो ऋण पनि तिर्न तयार थिए । तर सम्पत्ति फ्रिज गरेपछि चेल्सीले उक्त ऋण चुक्ता गर्न सक्दैन’, हमिल्टनले भने, ‘ऋणमा रहेको क्लब किन्न कोही पनि तयार हुँदैन’ उनले भने ।

मे महिनाको अन्तिमसम्मको टिकट लिएकाहरु मात्रै खेल हेर्न जान पाउँछन् र त्यसपछिको लागि नयाँ टिकट किन्न पाउनेछैन । यसले चेल्सीका फ्यानलाई स्ट्यामफोर्ड ब्रिज जानबाट रोक्छ ।

अर्काेतर्फ, क्लबका कर्मचारी र खेलाडीलाई पारिश्रमिक दिइरहनुपर्छ । एक महिनामा क्लबको पारिश्रमिक खर्चमात्रै ३७ मिलियन डलर हुन्छ । प्रतिबन्धअनुसार क्लबले पसलहरुमा आफ्नो उत्पादन सामाग्री पनि बेच्न रोक्नुपर्छ ।

क्लबलाई स्थानान्तरण प्रतिबन्धमा प्रभावकारी रुपमा राखिएका कारण नयाँ खेलाडीहरु दर्ताका लागि खर्च गर्न नसक्ने भएकाे छ । यसका कारण नयाँ सम्झौताहरु पनि क्लबले गर्न सक्छ भन्नेमा शंका गरिएको छ ।

सुरक्षा र खानपानलगायत स्ट्यामफोर्ड ब्रिजमा एक खेल गर्न ६ लाख ५७ हजार डलर खर्च हुन्छ । यात्रामा मात्रै २६ हजार ३ सय डलर रकम खर्च हुन्छ । चेल्सी फ्रान्को लिलेमा अर्को साता च्याम्पियन्स लिग खेल्न जाँदैछ । प्रतिबन्ध लागू भइरहेमा क्लबले पछि खेलहरू राेक्नु पर्न अवस्था आउँछ ।

अन्तर्राष्ट्रिय संचारमाध्यामको सहयोगमा