NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

‘पिर’ गीत साम्राज्यवादी शक्तिले सिर्जना गरेका हुन् : महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रकाश सपुतले सिर्जना गरेको ’पिर’ गीतप्रति विवादस्पद टिप्पणी गरेका छन् ।

बिहीबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले गीतको सिर्जना सर्जक सपुतले गरेको नभएर सामाज्यवादीहरूले ल्याएको बताएका छन् ।

‘चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गीत ल्याएका छन् । त्यो उनले ल्याएका होइनन्, साम्राज्यवादी शक्तिले ल्याएका हुन् ।’

माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ सो गीत ल्याइएको बताए ।

माओवादी केन्द्रका भ्रातृ संगठनहरूले पनि पिर गीतले माओवादी जनययुद्धलाई अपमान गरेको भन्दै त्यसलाई युट्युबबाट हटाउन माग गर्दै आएका छन् ।