NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

विश्वकप छनोटको निर्णायक खेलका लागि पोर्चुगलको टोली घोषणा, छैनन् दुई महत्वपूर्ण खेलाडी

काठमाडौं । मुख्य प्रशिक्षक फर्नाण्डो सान्तोसले विश्वकप छनोटको निर्णायक प्ले अफ खेल्ने पोर्चुगिज राष्ट्रिय फुटबल टोली घोषणा गरेका छन् ।

प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २५ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा जोसे फोन्टेजस्ता ३८ वर्षीय भेट्रान खेलाडीदेखि लिएर गोन्कालो इनासियोजस्ता २० वर्षका कम अनुभवी खेलाडीसमेत समावेश छन् ।

यद्यपि, इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्ने मुख्य डिफेण्डर रुबेन डियास र फ्रेन्च क्लब लिलका मिडिफिल्डर रेनाटो सान्चेस भने टोलीमा अटाएका छैनन् । यी दुवै खेलाडी घाइते भएकाले टोलीमा नसमेटिएको प्रशिक्षक सान्तोसले बताएका छन् ।

पोर्चुगलले प्ले अफअन्तर्गत अर्को हप्ता दुई निर्णायक खेल खेल्दैछ । सेमिफाइनलमा टर्कीसँग आफ्नै घरेलु मैदानमा मार्च २४ तारिखमा खेल्दैछ ।

सो खेल जितेमा पोर्चुगलले इटाली वा नर्थ मेसेडोनियासँग फाइनल खेल खेल्नेछ । यदि चारपटकको विश्वकप विजेता इटालीसँग परे यो खेल निकै कठिन हुनेछ । पोर्चुगल र इटालीमध्ये एउटा टोलीले विश्वकपमा स्थान नबनाउने निश्चित भइसकेको छ ।

Portugal’s full squad list

Goalkeepers: Anthony Lopes (Lyon), Diogo Costa (Porto) and Rui Patrício (Roma).

Defenders: Cedric Soares (Arsenal), Gonçalo Inacio (Sporting CP), Raphael Guerreiro (Dortmund), Diogo Dalot (Manchester United), Joao Cancelo (Manchester City), Jose Fonte (Lille), Pepe (Porto), Nuno Mendes (PSG).

Midfielders: Otavio (Porto), Danilo Pereira (PSG), Ruben Neves (Wolves), William Carvalho (Real Betis), Bruno Fernandes (Manchester United), Joao Moutinho (Wolves), Matheus Nunes (Sporting CP) and Bernardo Silva (Manchester City).

Forwards: Goncalo Guedes (Valencia), Andre Silva (Leipzig), Cristiano Ronaldo (Manchester United), Diogo Jota (Liverpool), Joao Felix (Atletico Madrid) and Rafael Leao (Milan).