NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते
युरोपा लिग :

‘कमब्याक’ जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युइएफए युरोपा लिग फुटबलको अन्तिम आठ अर्थात क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा टर्कीस क्लब गालातासारेलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले अन्तिम आठमा स्थान बनाइएको हो । समग्रमा २–१ को जितसहित बार्सिलोना अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोनाले गालातासारेसँग गोलरहित बराबरी खेलेको थियो ।

दोस्रो लेगको २८ औं मिनेटमा मार्कोस डोले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, सुरुवाती अग्रता जोगाउन नसक्दा गालातासारे पराजित हुन पुग्यो ।

पेड्री र पिएरे एमरिक अबामेयाङले एक–एक गर्दै बार्सिलोनाको कमब्याक जित सुनिश्चित गरे ।

सो क्रममा ३७ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

त्यसपछि खेलको ४९ औं मिनेटमा अबामेयाङले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।