NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सम्भव छ स्वदेशी लगानीमा ठूला परियोजना !

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएको छ । स्वदेशी लगानीको राष्ट्रिय गौरवको आयोजना ११ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो । ऊर्जा एवं देशको भौतिक विकासका जानकारले यस आयोजनालाई नेपाली मोडलको एक ‘विश्वविद्यालय’का रूपमा समेत अथ्र्याएका छन् ।

अनेकन दुःख, प्राकृतिक विपत्ति, ठेकेदारको गलत कार्यशैली तथा कोरोना त्रासका कारण समस्याको चक्रव्यूहमा फसेको आयोजनालाई सही अवस्थामा ल्याउन त्यसका सम्वद्ध कर्मचारीको भूमिका उत्तिकै रहेको छ । त्यसमा पनि समस्यामा फसेको आयोजनालाई सही ‘ट्रयाक’ मा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मेहेनत पनि उत्तिकै परेको छ ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले नियमितरूपमा आयोजनाको अनुगमन गर्न, समस्या समाधान गर्न दिएको निर्देशन पनि अर्को महत्वपूर्ण पाटोको रुपमा स्थापित छ ।

माथिल्लो तामाकोसी प्रणालीमा जोडिएपछि देश बिजुलीमा आत्मनिर्भर बनेको तथ्य पनि यसैसँग जोडिएर आएको छ । भलै त्यो वर्षाकालमा मात्रै किन नहोस् । लोडसेडिङको त्रास भोगेका नेपालीको आफ्नै लगानीमा ठूलो आयोजना पूर्णरूपमा सम्पन्न हुनु आफैंमा पनि विश्वास वृद्धि गर्ने र आत्मविश्वास पैदा गर्ने अवसर हो ।

आयोजनाको काम पूर्णरूपमा सम्पन्न नहुँदै गत असार २१ गते उद्घाटन गरियो । उद्घाटनको दिन आयोजनाले ७६ मेगावाट बिजुली उत्पादन गरेको बताए पनि खासमा भनिएजति उत्पादन हुनसकेको थिएन । उद्घाटनको त्यो हतारोका कारण बिजुली उत्पादन गर्ने उपकरणमा समस्या आएपछि कुलेखानीमा ल्याएर मर्मत गर्नुपरेको तथ्य प्राधिकरणको तत्कालीन नेतृत्वले सार्वजनिक गरेको थियो । उद्घाटनको दिन आयोजनाले मात्रै सात मेगावाट बिजुली उत्पादन गरेको थियो ।

आयोजनासँग जोडिएको र देशकै दोस्रो ठूलो नयाँ खिम्ती २२० १३२ केभी क्षमताको सबस्टेशनसमेत उद्घाटन भएपछि एउटा परियोजना पूर्णरूपमा सकिएको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजनासँग सम्वद्ध र सहयोगी सबैलाई सम्मान गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, जिल्लास्थित प्रमुख राजनीतिक दलका नेता, निर्माण व्यवसायीको उपस्थितिमा आयोजनाका सम्वद्ध सबैलाई सम्मान गरे । यसबाट पनि आयोजनाको काम पूर्णरूपमा सकिएको अर्थमा लिन सकिन्छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाले हालसम्म एक अर्ब युनिट बराबरको बिजुली प्रवाह गरिसकेको छ । नयाँ खिम्ती सबस्टेशन भएर प्रवाहित भएको बिजुलीको परिमाण हो यो ।

बढी बिजुली माग हुने समयमा भारतबाट आयात गरिने विद्युत्को खरिद दर यस हिउँदमा प्रतियुनिट ३२ सम्म पुगेको छ । यस्तो अवस्थामा तामाकोसीको विद्युत् खरिद दर यो वर्ष अधिकतम ६ रुपैयाँ ९६ पैसा मात्रै रहेकाले पनि ठूलो धनराशि विदेश जानबाट रोकिएको छ ।

नेपालमा भौतिक विकास गर्नु आफैँमा कष्टसाध्य काम बनिरहेको छ । त्यसमाथि जलविद्युत् आयोजना, प्रसारण लाइनको निर्माण अर्को जटिलताको पाटो बनीदिएको छ । नकारात्मक मात्रै छैनन् विषयहरू । माथिल्लो तामाकोसी प्रणालीमा जोडिएपछि देश बिजुलीमा आत्मनिर्भर बनेको तथ्य पनि यसैसँग जोडिएर आएको छ ।

भलै त्यो वर्षाकालमा मात्रै किन नहोस् । लोडसेडिङको त्रास भोगेका नेपालीको आफ्नै लगानीमा ठूलो आयोजना पूर्णरूपमा सम्पन्न हुनु आफैंमा पनि विश्वास वृद्धि गर्ने र आत्मविश्वास पैदा गर्ने अवसर हो ।

त्यसो त प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अनेकौं हण्डर ठक्कर व्यहोर्दै आयोजनाको निर्माण सकिएको प्रतिक्रिया दिएका छन् । यसबाट जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि हासिल भएको उनको भनाइ छ । त्यसो त घिसिङ सो आयोजनाका अध्यक्षसमेत छन् ।

आयोजनाको सफलताले आगामी दिनमा यस्तै ठूला परियोजना स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्न सकिन्छ भन्ने अनुभव र आत्मविश्वाससमेत बढेको प्राधिकरणको भनाइ छ । बढी बिजुली माग हुने साँझ बिहानको समयमा समेत चार घण्टा पूर्ण क्षमतामा आयोजना चल्छ । यसबाट देशको विद्युत् प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान गरेको छ ।

तामाकोसीको छेवैमा २० मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजना पनि निर्माणको क्रममा छ । त्यसबाट उत्पादन भएको बिजुली पनि तामाकोसीमा मिसाइनेछ । सो आयोजना सम्पन्न भएपछि वार्षिक कूल दुई अर्ब २८ करोड युनिट विद्युत् उत्पादन हुनेछ ।

रोल्वालिङ खोलाको पानी तामाकोसीमा मिसाएर सुक्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट बिजुली थप हुनेछ । तामाकोसीको बिजुली थपिँदा प्राधिकरणको आर्थिक स्वास्थ्यलाई मजबुत बनाउनसमेत सहयोग पुगेको छ ।

प्रतियुनिट औसतमा ४.०६ रुपैयाँमा विद्युत् खरिद बिक्री गरिएको छ । त्यसबाट आम उपभोक्ताले सस्तो दरमा बिजुली पाउने प्रत्याभूति भएको छ । आयोजनाको सञ्चालनपछि साँझ-बिहानको समयमा भारतबाट आयात गरिने विद्युत्को परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङको भनाइ छ ।

आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका-१३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ । सो सबस्टेशन हुँदै बिजुली ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेशनमा लगिएको छ ।

बढी बिजुली माग हुने समयमा भारतबाट आयात गरिने विद्युत्को खरिद दर यस हिउँदमा प्रतियुनिट ३२ सम्म पुगेको छ । यस्तो अवस्थामा तामाकोसीको विद्युत् खरिद दर यो वर्ष अधिकतम ६ रुपैयाँ ९६ पैसा मात्रै रहेकाले पनि ठूलो धनराशि विदेश जानबाट रोकिएको छ ।

आयोजनाले गत भदौदेखि मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन थालेको हो । देशको कूल जडित क्षमता दुई हजार १५० मेगावाट बराबर पुगेको छ । नेपाली लगानीमा निर्माण गरिएको आयोजनाको सुरूआती लागत ब्याजबाहेक ३५ अब लाग्ने भनिए पनि कूल ८४ अर्ब लागेको छ ।

प्राकृतिक विपद्, सीमानाकामा भारतको अवरोध, गोरखा भूकम्प, कोरोना कहर, सुरूङमा भएको डिजाइन परिवर्तन तथा कोरोना कहरका कारण लागत बढेर ८४ अर्ब पुगेको हो । त्यसमा ब्याजमात्रै ३२ अर्ब छ । सुरूआती चरणमा १४ अर्ब बराबरको ब्याज रहने भनिए पनि त्यो बढेर ३२ अर्ब पुगेको हो । ब्याजबाहेकको लागत ५२ अर्ब पुगेको छ ।

आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका-१३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ । सो सबस्टेशन हुँदै बिजुली ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेशनमा लगिएको छ ।

विसं २०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्याश गरेका थिए । आयोजनाको निर्माण सकिन भने ११ वर्ष लाग्यो । मुख्य सुरूङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, सीमानाकामा भारतले गरेको अवरोध, लामोसाँघु-चरिकोट सडक स्तरोन्नतिका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुग्यो ।

प्राधिकरण र अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिद दर हालसम्मकै सस्तो हो । सोही कारणले प्राधिकरणलाई थप फाइदा हुने देखिएको छ ।

आयोजनाले वार्षिकरूपमा दुई हजार २८१ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्छ । आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । सन् १९९९ मा अष्ट्रियन नागरिक डा क्रिश्चियन कल्हरले रोल्वालिङ जलविद्युत् आयोजनाका नामबाट पूर्व सम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी दिएका थिए ।

अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्रधिकरणले विसं २०५७ देखि २०६० सम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । आयोजनामा प्राधिकरणको ४१ प्रतिशत शेयर छ । उत्पादित बिजुली प्रतियुनिट औसतमा तीन रूपैयाँ ५० पैसामा विद्युत् खरिद सम्झौता भएको छ । व्यापारिक उत्पादन भएको वर्ष औसतमा चार रूपैयाँ ६ पैसा प्रतियुनिटमा खरिद गर्ने सम्झौता गरिएको छ ।

प्राधिकरण र अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिद दर हालसम्मकै सस्तो हो । सोही कारणले प्राधिकरणलाई थप फाइदा हुने देखिएको छ ।

रासस