NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

चीनका एक अर्ब २४ करोडलाई कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं (एजेन्सी) । चीनमा एक अर्ब २४ करोडलाई कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो संख्या शुक्रबारसम्मको हो । चीनमा सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ४१ करोड जनसंख्या थियो ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले तीमध्ये कुल ६४ करोड ९० लाखले अतिरिक्त खोप नै लगाएको जानकारी दिए ।

उनका अनुसार, ६० वर्षभन्दा बढी उमेरका ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् ।

त्यसैगरी, संक्रमणबाट मृत्यु भएकाहरूको संख्या घटाउन अतिरिक्त खोप निकै उपयोगी भएको उनको भनाइ छ ।

पूर्ण खोप लगाउने र अतिरिक्त खोप लगाउने अभियान अहिले पनि चलिरहेको र कोरोनाभाइरसको संक्रमणबाट जोगिन अपनाउनुपर्ने उपायहरू पनि अपनाउन लगाइएको अधिकारीहरूले जनाएका छन् ।