NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एमालेतिर लागेका विष्टलाई माओवादी केन्द्रले गर्‍यो निलम्बन

सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले पार्टी छोडेर नेकपा (एमाले) प्रवेश गरेका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।

संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।

एमालेमा प्रवेश गर्ने तयारीमा रहेका विष्टले यसअघि नै नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

यद्यपि, चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो ।

तर सो निर्देशन अवज्ञा गरेका थिए । त्यसपछि निर्देशन अवज्ञा गरेका भन्दै दलको सदस्यबाट निलम्बन गरिएको बताइएको छ ।