NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मन्त्री आले र सलमान खानबीच पर्यटनबारे छलफल हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानले आगामी जेठ १४ मा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने ओडिसी इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे आले र खानबीच छलफल हुन लागेको हो । भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुनेछन् ।

ओडीसीले नै यसअघि सलमानलाई नेपाल ल्याउन तयारी गरेपनि विवादका कारण कार्यक्रम रोकिएको थियो । यसपटक मन्त्री आलेकै पहलमा सलमानलाई ल्याउन लागिएको हो ।