NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

माओवादीका प्रमुख सचेतक विष्ट एमाले प्रवेश गरे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत, क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका निर्वाचित सदस्य तथा प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

सुर्खेतमा आयोजित कार्यक्रममा उनी केही नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले पार्टीमा स्वागत गरे ।

अपमान र अन्याय सहेर माओवादीमै बसिरहन सकिनँ : ठम्मरबहादुर विष्ट