NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

क्रिप्टोकरेन्सीमा लगानी रहेको आशंकामा अनुसन्धानमा तानिइन् नायिका प्रियंका

काठमाडौं । नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सीको अनुसन्धानमा तानिएकी छन् । नेपालमा अवैध मान्दै आएको क्रिप्टोकरेन्सीको कारोबारमा नायिका कार्कीको पनि संलग्नता भएको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धानको लागि बोलाएको जनाएको छ ।

क्रिप्टोकरेन्सीमा उनले पनि लगानी गरेको आशयको एउटा विज्ञापन भेटिएपछि सीआईबीले उनीमाथि अनुसन्धान सुरु गरेको सीआइबी प्रमुख धिरजप्रताप सिंहले बताए । उनका अनुसार सरकारले रोक लगाएको काममा संलग्नता देखिएकाले बोलाएर सोधपुछ गरिएको छ ।

सिंहका अनुसार ‘बिनान्स’ भन्ने किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको पोस्टमा प्रियंकाको पनि लगानी रहेको उल्लेख छ । नायिका कार्कीले भने किप्टोकरेन्सीको कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको खुलाएकी छिन् । कसैले आफ्नो तस्विर प्रयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्ने उनले बताएकी छिन् ।