NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महराका स्वकीय सचिवले माओवादी त्यागे

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी केन्द्र त्यागेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै शर्माले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी अलग भएको घोषणा गरेका छन् ।

‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र) को साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

शर्मा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यको आकांक्षी थिए । तर त्यसमा नसमेटिएपछि असन्तुष्ट थिए । तथापि, शर्माले आफ्नो राजीनामा घोषणामा कारणबारे केही बताएका छैनन् ।

माओवादी छाडेका शर्माले आगामी दिनमा स्वतन्त्र भूमिका निर्वाह गर्ने जनाएका छन् ।