NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पूर्वमन्त्री सिंहको सिंगो पार्टी एमालेमा विलय हुँदै

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी सिंगै एमालेमा विलय हुने भएको छ ।

सिंहलाई दिउँसो १ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।

कालीकोटका क्रियाशील वामपन्थी छवि बनाएका सिंहले ०६४ र ०७० सालको संविधानसभामा समाजवादी जनता पार्टीका तर्फबाट सदस्य भएका थिए ।

उनी संविधानसभा कार्यकालमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री र खानेपानी तथा सरसफाइ मन्त्री बनेका थिए ।

०७४ को चुनावमा थ्रेसहोल्डको व्यवस्था कायम भएपछि सिंहले माओवादी केन्द्रसँग तालमेल गरेर आफ्नो नाम समानुपातिक सूचीमा राखेका थिए । पछि उनी माओवादीले समानुपातिक सूचीबाट हटाएपछि रुष्ट थिए ।

ताजा अपडेट

नेपालवाच विशेष