NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

युद्धमा १५ हजारबढी रुसी सैनिक मारिएको दाबी

किएभ । युक्रेनको रक्षा मन्त्रालयले रुस-युक्रेन युद्धमा अहिलेसम्म १५ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । मन्त्रालयले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।

रुसले सुरुमा आफ्ना ५ सय सैनिक मारिएको स्वीकारेको थियो । यसपछि रुसले आफ्नो पक्षमा भएको क्षतिबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । तर युक्रेनले लगातार रुसका धेरै सैनिक मारिएको दाबी गर्दै आएको छ ।

युक्रेनी रक्षा मन्त्रालयका अनुसार रुसको धेरै क्षति भएको छ । त्यहाँका सैनिक १५ हजार मारिएका छन् । हातहतियारमा ५०९ वटा ट्यांक, बख्तरबन्द गाडी १५५६, आर्टिलरी सिस्टम २५२, एन्टी एयरक्राफ्ट वारफेयर सिस्टम ४५, विमान ९९, हेलिकप्टर १२३, गाडीहरु १ हजार, ३ वटा पानीजहाज र फ्युल ट्यांक ७० वटामा क्षती पुगेको बताएको छ ।