NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

२५ डिएसपीको सरुवा, को कहाँ ?

काठमाडौं । २५ प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले स्थानीय निर्वाचनको मुखमा काज सरुवा गरेको हो ।

योसँगै १० जिल्लाको प्रहरी नेतृत्व परिवर्तन भएको छ । उनीहरूले अब स्थानीय तहको निर्वाचन गराउने छन् ।

काज सरुवा गरिएकाहरूमा वाग्मती प्रदेश कार्यालय, हेटौंडामा कार्यरत अंगुर जिसीदेखि जिल्ला प्रहरी कार्यालय, हुम्लामा कार्यरत हेरम्ब शर्मासम्म छन् ।