NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

युरो विजेता इटाली र कोपा विजेता अर्जेन्टिनाबीचको खेल इंग्ल्याण्डमा

काठमाडौं । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल इंग्ल्याण्डमा हुने निश्चित भएको छ ।

युरोपियन च्याम्पियन इटाली र दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाबीचको प्रतिस्पर्धा इंग्ल्याण्डको वेम्बली रंगशालामा आगामी जुन १ मा हुने निश्चित भएको हो ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) सँग तीन वर्षे सम्झौता गरेअनुरूप दुई महादेशीय च्याम्पियनबीच प्रतिस्पर्धा हुन लागेको हो ।

इटालीले घरेलु टोली इंग्ल्याण्डलाई वेम्बली रंगशाला हराएर युरो २०२० को उपाधि जितेको थियो ।

यस्तै अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष