NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सर्भर बिग्रिएको भन्दै यातायात कार्यालयका सबै सेवा बन्द

काठमाडौं । सर्भर बिग्रिएको भन्दै देशभरका यातायात कार्यालयहरूबाट दिइने सबै सेवा बुधबार साँझबाट अनिश्चितकालका लागि बन्द गरिने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता, सूचना अधिकारी तथा निर्देशक लोकनाथ भुसालले आज सूचना जारी गर्दै यस्तो जनाएका हुन् ।

‘सर्भरमा विद्युतीय समस्या देखिएका हुँदा आज ५ बजेदेखि समाधान नभएसम्म सबै सेवा अवरुद्ध हुने सार्वजनिक रूपमा जानकारी गराउन चाहन्छु’, सूचनामा भनिएको छ ।

सर्भर नबन्दासम्म सवारी दर्ता, नवीकरण, नामसारी र कर भुक्तानीसम्बन्धी काम बन्द हुनेछन् ।

सवारी लाइसेन्सको अनलाइन आवेदन प्रणाली पनि विभागले यसअघि नै बन्द गरिसकेको छ ।