NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आणविक हतियारले कतिसम्म क्षति गर्छ ?

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको झन्डै एक महिना पुग्न लागेको छ । युक्रेनमा लगातार प्रहार गरिरहँदा युक्रेनी बलले यसको डटेर प्रतिरोध गरेको छ । युक्रेनको कुल भूभागको एक चौथाइ क्षेत्रफल रुसले आफ्नो नियन्त्रणमा लिए पनि राजधानी किएभलगायतका स्थान कब्जा गर्न रुसी सेनालाई सहज छैन ।

अमेरिका र पश्चिमी राष्ट्रहरुको सहयोगले युक्रेनको आत्मबल घट्न दिएको छैन । युद्धको यो स्थितिमा रुस पराजय हुने अवस्था आए भ्लादिमिर पुटिनले सुरक्षित बाटो खोज्ने विश्लेषण भएको छ । रुसले युद्धलाई जायज देखाउन सकेसम्म कोशिस गरेको छ । आफ्नो अस्तित्वमा संकटमा पर्ने अवस्था आए देशको नीति अनुसार नै आणविक हतियार प्रयोग गर्ने संकेत रुसले दिएको छ ।

युद्धमा रुसले आणविक हतियार प्रयोग गर्यो भने त्यसले कस्तो क्षति गर्ला ?

दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले जापानका दुई सहर हिरोसिमा र नागासाकीमा आणविक हतियार प्रयोग गरेको थियो । त्यस समयमा ती सहरका झन्डै दुई लाख मानिसले ज्यान गुमाए र त्यहाँ लामाे समयसम्म त्यसकाे प्रभाव रह्याे ।

आणविक हतियारहरु अहिलेसम्म सिर्जना गरिएका मध्ये सबैभन्दा विनाशकारी, अमानवीय  हतियार हुन् । तिनीहरुले निम्त्याउने विनाशको मात्रा, आनुवांशिक रुपमा हानिकारक नतिजामा तिनीहरु अन्य हतियारभन्दा धेरै फरक छन् ।

उच्च मात्रामा हानिकारक विकिरणले मानवीय अंगमा क्षति पुग्छ र छिट्टै मृत्यु हुन्छ । थोरै क्षति पुर्याएका अंगमा क्यान्सर, ल्युकेमिया, रक्तक्यान्सर, थाइराइड, फोक्सो र स्तन क्यान्सरहरु निम्त्याउँछ ।

एउटा ठूलो सहरमा एउटै आणविक बम विस्फोट हुँदा लाखौं मानिसको ज्यान जान सक्छ । दशौं वा सयौं आणविक बमहरुको प्रयोगले विश्वव्यापी वातावरणलाई नै बिगार्ने र व्यापक अनिकाल निम्त्याउने निश्चित हुन्छ ।

यदि अमेरिका र रुसबीच आणविक युद्ध भयो भने यसले करोडौं मानिसको ज्यान जान्छ । आणविक हतियारले गर्दा हुने चरम विनाश सैन्य लडाकूहरुबाट भएको आक्रमणजति सीमित हुन सक्दैन ।

धेरै आणविक विस्फोटहरु भएको युद्धको प्रभाव मानव इतिहासमा पहिले अनुभव भएको कुनै पनि घटनाभन्दा ठूलो हुनेछ । उदाहरणका लागि यदि ५ सयभन्दा बढी आणविक विस्फोटहरु रुस र अमेरिकाका प्रमुख सहरहरुमा प्रहार भयो भने पहिलो आधा घण्टामा १ करोड मानिसको मृत्यु हुन्छ ।

दशौं लाख मानिस गम्भीर घाइते हुनेछन् । आक्रमणबाट बाँचेकाहरुमा धेरैमा विकिरणजन्य रोग र महामारी फैलिन्छ ।

एक परमाणु विस्फोटले धेरै तापक्रम र विकिरणको रुपमा ठूलो मात्रामा उर्जा उत्सर्जन गर्छ । विस्फोटको झट्का धेरै सय किलोमिटर प्रति घण्टाको गतिमा पुग्छ । विस्फोटले फोक्सो, कान ड्यामेज गर्छ र आन्तरिक रक्तश्राव गराउँछ र मानिसको मृत्यु हुन्छ ।

घाइतेका उद्धार, उपचारलगायतका सबै गतिविधि प्रभावित हुन्छ । अन्य युद्धमा जस्तो मानवीय सहायता उपलब्ध गराउन आणविक युद्धमा असम्भव नै हुन्छ ।

परम्परागत हतियारहरुको विपरित आणविक हतियारहरुले असीमित विकिरण उत्सर्जन गर्छ । उच्च मात्रामा हानिकारक विकिरणले मानवीय अंगमा क्षति पुग्छ र छिट्टै मृत्यु हुन्छ । थोरै क्षति पुर्याएका अंगमा क्यान्सर, ल्युकेमिया, रक्तक्यान्सर, थाइराइड, फोक्सो र स्तन क्यान्सरहरु निम्त्याउँछ ।

विस्फोट पछि तापक्रम अत्याधिक बढ्ने भएकाले जमिननजिकका सबै वस्तु लगभग वाष्पीकरण हुन्छ । चरम गर्मीले ठूलो आगो निम्त्याउँछ र धेरै क्षेत्रमा आगलागी हुन्छ । अक्सिजनको अभाव र कार्बन मोनोअक्साइडका कारण मानिसको निस्सासिएर मृत्यु हुन्छ । जोखिममा परेका बालबालिकाहरुमा ल्युकेमिया र थाइराइड, क्यान्सर पाँच वर्षपछि देखा पर्न थाल्छ । धेरैजसो क्यान्सरको घटना १० वर्षपछि बढ्छ ।

यसले आणविक युद्धपछिका आउँदा पुस्तामा आनुवांशिक समस्या पनि विकास गराउँछ । विकिरणहरु पानी, हावा, जमिनमा पुग्ने भएकाले यसले जनावार, विरुवा र खाद्य श्रृङखलामा ह्रास ल्याउँछ ।

आणविक हतियार विश्वका एक मात्र यस्ता यन्त्र हुन्, जसले छोटो अवधिमा पृथ्वीमा सबै जटिल जीवहरु नष्ट गर्ने क्षमतासहित बनाइएको हुन्छ । एक हजार आणविक हतियारहरु प्रयोग गरेर लडिएको युद्धले कुल विश्वको ५ प्रतिशत भागमा बस्न नमिल्ने बनाउँछ । हिरोसिमामा प्रयोग भएको आकारको बमले विश्वव्यापी जलवायु र कृषि उत्पादनमा क्षति पुर्याउने भएकाले १ अर्ब मानिसहरु भोकमारी पुग्ने जनाउँछ ।

आणविक हतियार विस्फोटनबाट उत्पन्न धुँवा र धुलोका कारण पृथ्वीको सतहमा आउने सुर्यको किरण १० प्रतिशतसम्म अवरोध हुन पुग्छ र विश्वव्यापी तापक्रम र वर्षामा अचानक गिरावट आउँछ ।

आणविक युद्धले ओजोन तहमा दीर्घकालीन रुपमा गम्भीर ह्रास निम्त्याउँछ । विकिरणको अत्यधिक वृद्धिले छालाको क्यान्सर दरमा वृद्धि, बालीमा क्षति र समुद्री जीवनको पनि नाश गर्छ ।

हावापानी र तापक्रमको चक्र बिग्रिँदा कृषि क्षेत्र खतरामा पर्छ । उत्पादन कम हुन्छ । यसले खाद्य वस्तुको मूल्य बढ्ने, अभाव हुने स्थिति हुन्छ र पहिले नै खाद्य अभाव भएका, कुपोषण भएका व्यक्तिहरुमा १० प्रतिशत खाद्यान्न गिरावटले नै भोकमरी सुरु हुन्छ । संक्रामक रोग बढ्छ । सीमित स्रोतका कारण पुनः द्धन्द्ध बढ्न सक्छ ।

आणविक युद्धले ओजोन तहमा दीर्घकालीन रुपमा गम्भीर ह्रास निम्त्याउँछ । विकिरणको अत्यधिक वृद्धिले छालाको क्यान्सर दरमा वृद्धि, बालीमा क्षति र समुद्री जीवनको पनि नाश गर्छ ।

यदि सम्पूर्ण विश्वव्यापी आणविक हतियार प्रयोग भयो भने १५० मिलियन टन धुँवा वायुमण्डलमा जम्मा हुन्छ, यसको परिणामस्वरुप वर्षामा ४५ प्रतिशत गिरावट आउँछ ।

विश्वको कुनै पनि ठाउँमा भएको आणविक आक्रमणले स्वास्थ्य पूर्वाधार र प्रणालीलाई निष्कृय बनाउँछ । आणविक बम विस्फोटले धेरै टाढासम्मका सञ्चार र यातायातका प्रणाली, आगो निभाउने उपकरण, अस्पतालहरु सबैमा पूर्ण क्षति पुर्याउँछ ।

यसका कारण घाइतेका उद्धार, उपचारलगायतका सबै गतिविधि प्रभावित हुन्छ । अन्य युद्धमा जस्तो मानवीय सहायता उपलब्ध गराउन आणविक युद्धमा असम्भव नै हुन्छ ।

विश्वमा अहिले रुस, अमेरिका, फ्रान्स, चीन, उत्तर कोरिया, बेलायत, इजरेल, पाकिस्तान र भारत गरेर ९ वटा देशसँग आणविक हतियार छ । यी देशसँग १३ हजार आणविक हतियार रहेको तथ्यांकले देखाउँछ ।

अस्तित्व खतरामा भए आणविक हतियार प्रयोग हुनेछः रुस

ताजा अपडेट

नेपालवाच विशेष