NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

१४ किमीको दूरीमा जान पनि प्रधानमन्त्री देउवाले रोजे हेलिकोप्टर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि हिल्स गएका छन् । उनी दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न बुधबार प्रधानमन्त्री हेलिकोप्टरमा चन्द्रागिरि पुगेका हुन् ।

प्रधानमन्त्री देउवा बालुवाटारबाट चन्द्रागिरि हेलिकोप्टरमा गएका हुन् ।

बालुवाटारदेखि चन्द्रागिरिको सिधा दूरी करिब १४.१ किलोमिटरको मात्र छ ।

चन्द्रागिरि केबुलकारको माध्यमले पनि जान सकिन्छ । बालुवाटारबाट केबुलकार स्टेशन पुग्न करिब ३६ मिनेट लाग्छ । त्यहाँबाट केबुलकारमा माथि चन्द्रागिरि डाँडामा पुग्न बढीमा १२ मिनेट लाग्छ ।

तर, सवारी साधन र केबुलकार प्रयोग गरेर ४८ मिनेटमा पुगिने ठाउँमा प्रधानमन्त्रीले हेलिकोप्टर रोजेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले नेपालवाचलाई दिएको जानकारीअनुसार हेलिकोप्टरमा आठ मिनेट लागेको थियो ।

वन तथा वातावरण मन्त्रालयले चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ ।

ताजा अपडेट

नेपालवाच विशेष