NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सव हुने

गोरखा । गोरखा जिल्लाको लाप्राकमा आगामी बैशाख पहिलो साता ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ ।

बैशाख ५ गतेदेखि ७ गतेसम्म हुने महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्मलाई सहभागी हुनेछ । महोत्सवको आयोजना सेलिब्रेटी नेपाल भन्ने संस्थाले गरेको हो ।

संस्थाले फिल्म दर्ताका लागि आह्वान गरेको छ । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी हुने बताए ।