NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै, भुसालको प्रस्तावबारे सुनुवाइ नहुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक नीतिगत निर्णय गरी आज सकिनेछ । स्थानीय तहको निर्वाचन तयारीका लागि आवश्यक निर्णय लिन बुधबारदेखि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक जारी छ । अहिले केही बेरमा सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले लिखित जवाफ पेश गर्नेछन् ।

स्थानीय तहमा उम्मेदवारको मापदण्ड, छनोट गर्ने प्रकृया, घोषणापत्र तथा प्रतिबद्धतापत्र तयारी, विभागको पूर्णता लगायत विषयमा नीतिगत निर्णय गरी बैठक आज समापन हुने नेता शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार नेता घनश्याम भुसालले पेश गरेको फरक मतको सम्बन्धमा केही सुनुवाइ नहुने बताए ।

‘ओलीले बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि लिखित रूपमा असहमति राख्न सक्छन्’, उनले भने, ‘तर भुसालले भनेजस्तो वामगठबन्धन वा पार्टी एकता सम्भव छैन ।’

भुसालले ओलीको प्रतिवेदनमाथि टिप्पणी गर्दै पुन: पार्टी एकतामा जोड दिएका थिए । उनले एमालेकै नेतृत्वमा माओवादी केन्द्रसहितको पार्टी एकता बनाउनु पर्ने, तत्काल त्यो सम्भव नभए कार्यगत एकता गरी चुनावमा भाग लिनुपर्ने प्रस्ताव राखेका थिए । तर ओलीले भुसालको प्रस्ताव ठाडै अस्वीकार गर्दै उनले आवश्यकता अनुसार केही भागमा सत्ता बाहिका दलहरूसँग चुनावी तालमेल भएपनि माओवादी केन्द्रसँग कुनै सहकार्य नहुने जवाफ दिएका थिए ।

त्यस्तै उनले पार्टीको नीति विपरित भीम रावलले संसद र सार्वजनिक मञ्चमा अभिव्यक्ति दिएपनि चुनाव अघि पार्टीले कुनै कारवाही नगर्ने स्पष्ट पारे ।

 

ताजा अपडेट

नेपालवाच विशेष