NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

लिपस्टिक लगाउँदा हुन सक्छन् यस्ता हानि

काठमाडौं । सुन्दर देखिन कसलाई मन पर्दैन र ? सायद यही कारणले गर्दा आकर्षक देखिनको लागि बजारमा धेरै प्रकारका सौन्दर्य उत्पादनहरु उपलब्ध छन् । यी सौन्दर्य उत्पादनहरुमा महिलाको पहिलो रोजाइमा लिपस्टिक पनि समावेश छ । यी लिपस्टिक प्रयोग गर्दा ओठमा रङको तह होइन, केमिकलको तह थपिँदैछ ? भन्ने प्रश्न धेरै आउँछन् ।

हाे, धेरै लिपस्टिकमा रसायन प्रयोग गरिन्छ, जसले शरीरलाई नोक्सान पुर्याउँछ । लिपस्टिक लगाउँदा के हुन्छ ? लिपस्टिक शरीरको लागि कति हानिकारक र विषाक्त हुन सक्छ भन्ने बारे यहाँ उल्लेख गरिएको छ ।

लिपस्टिकको निर्माणमा धेरै प्रकारका केमिकल प्रयोग गरिन्छ, जसका कारण शरीरमा विषाक्त प्रभाव पर्न सक्छ । लिपस्टिकको रङ बनाउनका लागि सिसा (लिड) को प्रयोग गरिन्छ ।

लिपस्टिकमा रङ बनाउनका लागि म्याङगनिज, लिड र क्याडमियमको प्रयोग गरिन्छ । यसमा पाइने रसायनका कारण ओठ कालो हुने र बारम्बार सुख्खा हुने जस्ता समस्या हुन्छन् ।

लिपस्टिक प्रयोग गर्दा एलर्जी पनि हुने सम्भावना पनि उत्तिकै हुन्छ । सौन्दर्य सामाग्रीहरुले आँखा पोल्ने समस्या धेरै गराउँछन् । गाजल र मस्कारा लगाउँदा पनि आँखा पोल्न सक्छ । कतिपय महिलाले लिपस्टिकलाई आईस्याडोको रुपमा लगाउँदा यसले आँखामा समस्या निम्त्याउँछ ।

लिपस्टिकको प्रयोग गर्दा पेटसम्बन्धी समस्याको खतरा पनि बढी हुन्छ । रसायन मिसाएर बनाएको लिपस्टिक ओठमा लगाउँदा पेटसम्म पुग्छ । त्यसमा भएको लिडले पेट दुख्ने, मिर्गौला र कलेजोमा समस्या ल्याउँछ ।

लिपस्टिक लगाउँदा मस्तिष्कसम्बन्धी समस्याको पनि सामना गर्नुपर्छ । लिपस्टिक बनाउन प्रयोग हुने लिडले स्नायु नष्ट गर्छ । दिमागमा असर गर्दा सम्झिने क्षमतामा ह्रास हुने, स्नायु ट्रान्समिसन र शरीरमा क्याल्सियमको सञ्चारमा अवरोध पुर्याउन सक्छ ।
साथै लिपस्टिक गर्भावस्थाका लागि पनि खतरनाक मानिन्छ । यसले गर्भवती महिला र भ्रूणमा क्षति पुर्याउन सक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष