NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

युरोकप आयोजनाका लागि बेलायत र आयरल्याण्डको संयुक्त दाबी

काठमाडौं । सन् २०२८ को युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबल आयोजनाका लागि बेलायत र आयरल्याण्डले संयुक्त दाबी पेश गरेका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएका अनुसार यही मार्च २३ सम्म दाबी पेश गर्ने समयसीमा तोकिएकोमा बेलायत र आयरल्याण्डले संयुक्त दाबी पेश गरेका हुन् ।

यस्तै रुस र टर्कीले पनि २०२८ र २०३२ को युरोकप आयोजनाका लागि दाबी पेश गरेको बताइएको छ ।

इटालीले भने २०३२ को युरोकप आयोजनाका लागि दाबी पेश गर्ने बताएको छ ।

आयोजकको घोषणा २०२३ को सेप्टेम्बरमा गरिने छ ।

२०२४ को युरोकप जर्मनीले गर्ने निश्चित भइसकेको छ ।