NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कुन देशमा सबैभन्दा सुरक्षित पिउने पानी छ ?

काठमाडौं । विश्वभर मार्च २२ मा विश्व खानेपानी दिवस मनाए । याे दिवस संयुक्त राष्ट्र संघले दुई अर्ब मानिस सफा खानेपानीको पहुँचभन्दा टाढा रहेको भन्दै जनचेतना जगाउन सुरु गरेको हो । यो वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔं’ रहेको थियो ।

भूमिगत पानी पृथ्वीको सतहमुनि पाइने पानी हो र पृथ्वीमा ताजा पानीको सबैभन्दा ठूलो स्रोत हो । सुरक्षित र सहज रुपमा उपलब्ध पानी जनस्वास्थ्यका लागि महत्वपूर्ण छ ।

ग्रिस, आइसल्यान्ड, कुवेत, लिस्टेनस्टाइन, माल्टा, मोनाको, न्युजिल्यान्ड, सान मारिनो र सिंगापुरमा शतप्रतिशत जनसंख्यालाई नै सुरक्षित पिउने उपलब्ध छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार झाडापखालाका कारण सन् २०१९ मा १५ लाख मानिसको ज्यान गएको थियो । विश्वभर धेरै मानिसको मृत्यु हुने कारणमध्ये झाडापखाला आठौं नम्बर छ । जसबाट न्युन आय समूहका मानिसहरु प्रभावित छन् । विश्वव्यापी रुपमा कम्तिमा दुई अर्ब मानिसहरुले ढल मिसिएको दूषित पिउने पानीको स्रोत प्रयोग गर्छन् ।

सन् २०१९ मा विश्वभर असुरक्षित पानीको कारण वार्षिक मृत्यु चाडमा १०.१ प्रतिशत थियो, जुन विश्वमै उच्च हो । अमेरिकामा औसतमा लगभग ०.३ प्रतिशत र युरोपका अधिकांश भागहरुमा ०.२ प्रतिशतभन्दा कम व्यक्तिको दूषित पानीका कारण मृत्यु भएको डिजिज कोलाबोरेटिभ नेटवर्कले जनाएको छ ।

कम आय भएका देशहरुमा पानीको असुरक्षित स्रोतका कारण एक सयमा ६ जना मानिसको मृत्यु हुन्छ ।

कुन देशमा सबैभन्दा सुरक्षित पानी छ ?

सन् २०२० मा तीन चौथाइ (७४ प्रतिशत) जनसंख्यामा सफा पिउने पानीको पहुँच थियो । चार जनामध्ये एक जनाको सुरक्षित रुपमा व्यवस्थित पानीको स्रोतमा पहुँच छैन ।

अल्पविकसित देशहरुमा २२ प्रतिशत स्वास्थ्य सेवामा खानेपानी सेवा छैन, २१ प्रतिशतमा सरसफाई सेवा छैन र २२ प्रतिशतमा फोहोर व्यवस्थापन सेवा छैन । यी अधिकांश सब सहारा अफ्रिकामा पर्छन् । अफ्रिकाका ८ र एसियाका दुई देशमा सुरक्षित रुपमा व्यवस्थित पिउने पानीको पहुँचमा जनसंख्याको २० प्रतिशतभन्दा कम हिस्सा छ ।

कम आय भएका देशहरुमा पानीको असुरक्षित स्रोतका कारण एक सयमा ६ जना मानिसको मृत्यु हुन्छ ।

प्रतिशतमा हेर्दा चाडमा सबैभन्दा कम ५.६ प्रतिशत, मध्य अफ्रिकी गणतन्त्रमा ६.२ प्रतिशत, सियरा लियोनमा १०.६ प्रतिशत, रुवाण्डामा १२.१ प्रतिशत र इथियोपियामा १२.७ प्रतिशत मानिसहरु मात्रै सुरक्षित पिउने पानीको पहुँचमा छन् ।

ग्रिस, आइसल्यान्ड, कुवेत, लिस्टेनस्टाइन, माल्टा, मोनाको, न्युजिल्यान्ड, सान मारिनो र सिंगापुरमा शतप्रतिशत जनसंख्यालाई नै सुरक्षित पिउने उपलब्ध छ ।