NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपाल आउन सलमानले कति लिँदैछन् पारिश्रमिक ?

काठमाडौं । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने सांगीतिक ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि नेपाल आउन लागेका भारतीय अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमित लिने भएका छन् ।

कार्यक्रमको आयोजना ओडिसी इन्टरटेनमेन्टले गरेको हो । सलमानसहित भारतबाट आउने कलाकारहरुले ९ करोड ६० लाख पारिश्रमिक लैजाने ओडिसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले बताए ।

सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडिसीको सहकार्यमा हुने कार्यक्रममा भारतबाट आउने ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवालगायतको टिम ३ दिन नेपाल बस्नेछ ।

यसअघि बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले खानसँग नेपालको पर्यटन प्रवद्र्धनबारे भर्चुअल संवाद गरेका थिए ।

मन्त्री आले र सलमान खानबीच संवाद