NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडाैं । कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएको छ । उक्त दुर्घटनामा ६ जना घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता सञ्जिव शर्माका अनुसार आज दिउँसो कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि हुत्तिएको कारले स्कुटर, पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएका थियो ।

घटनामा घाइतेहरुको अवस्था सामान्य रहेकोर, उनीहरुको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।