NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

युक्रेनमा खार्किभको एक सहर कब्जा गरेको रुसको दाबी

मस्को । रुसको सरकारी टेलिभिजन च्यानल रुस२४ ले आफ्नो रिपोर्टमा पूर्वी युक्रेनको खार्किभ प्रान्तको आइज्युम सहर नियन्त्रण गरेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोफका अनुसार रुसी सुरक्षाबल विशेष सैन्य अभियान जारी राख्नेछन्  । इगाेरले भने, ‘२४ मार्च बिहानसम्म रुसी सेनाका इकाईले खार्किभ क्षेत्रको आइज्युम सहर पूर्णरुपमा आफ्नो हातमा लिएका थिए ।’

तर उक्त सहरका युक्रेनी प्राधिकरणले लडाई अझै जारी रहेको बताएका छन् । यस साताको सुरुवातमा अमेरिकी रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले नाम सार्वजनिक नगर्ने शर्तमा खार्किभको दक्षिणपूर्वको एउटा सहरमा युक्रेनी सेनाले जवाफी आक्रमण गरेको बताएका छन् ।

उनले समाचार एजेन्सी एएफपीसँग भने, ‘हामीले आज युक्रेनीहरुको महत्वपूर्ण लडाई देखिरहेका छौं र फिर्ता पाउने प्रयास जारी छ ।’

पूर्वी डोनबास क्षेत्र जानका लागि आइज्युम महत्वपूर्ण मार्ग हो । यसले उत्तर पूर्वदेखि दक्षिण पूर्व जानका लागि रुसी सुरक्षाबललाई सहयोग पुग्नेछ । खार्किभ क्षेत्रमा ५० हजार जनसंख्या रहेको यो एक क्षेत्रीय केन्द्र हो र महत्वपूर्ण रेलवे जक्सन पनि हो ।

युक्रेनका दुई सहर जोड्ने महत्वपूर्ण पुल रुसले भत्कायो