NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अन्तिम विश्वकप खेल्न रोनाल्डोसँग जित्नुको विकल्प छैन

काठमाडौं । क्रिस्टियानो रोनाल्डो फुटबलका सर्वकालीन महान फुटबलर मध्येका एक हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलका सफल खेलाडी मानिन्छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन् । उनले युरोकप र नेसन्स लिगजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जितिसकेका छन् ।

Cristiano Ronaldo adds to EURO all-time scoring record | UEFA EURO 2020 |  UEFA.com

रोनाल्डोले जित्नबाहेक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता विश्वकप हो । त्यो पनि जितेर उनी अन्तर्राष्ट्रिय फुटबलबाट विदा हुन चाहन्छन् । तर अफसोच, रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकपमा छानिनका लागि धौ–धौ परिरहेको छ ।

विश्वकपमा सिधै छनोट नभएपछि पोर्चुगलले प्ले अफकाे सहारा लिनु परिहेको छ । यसका लागि रोनाल्डोसहितको पार्चुगल आज राति आफ्नो घरेलु मैदानमै टर्कीसँग खेल्दैछ ।

नेपाली समयअनुसार आज राति १.४५ बजे हुने खेलमा पोर्चुगल पराजित भए सुपरस्टार रोनाल्डोको अन्तिमपटक विश्वकप खेल्ने सम्भावना पनि सकिनेछ । ३७ वर्षका रोनाल्डो सम्भवत अर्को विश्वकपसम्मका लागि फिट रहने छैनन् । विश्वकपपछि राष्ट्रिय टोलीबाट सन्यास लिने संकेत पनि उनले गरिसकेका छन् ।

यसर्थ, उनी आफ्नो अन्तिम विश्वकप यादगर बनाउन चाहन्छन् । जसरी नि जित्ने दाउमा उनको टोली पोर्चुगल हुनेछ । अझ भनौं आज राति मैदानमा उत्रँदा रोनाल्डो गर या मरको स्थितिमा हुनेछन् ।

यो खेल हारेर दुःखदपूर्ण रूपमा विश्वकपको छनोटबाट बाहिरिए उनले आजै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नसक्ने आँकलन पनि गरिएको छ ।

सो खेल जितेमा पोर्चुगलले इटाली वा नर्थ मेसेडोनियासँग फाइनल खेल खेल्नेछ । यदि चारपटकको विश्वकप विजेता इटालीसँग परे यो खेल अझ कठिन हुनेछ । पोर्चुगल र इटालीमध्ये एउटा टोलीले विश्वकपमा स्थान नबनाउने निश्चित भइसकेको छ । यसमा रोनाल्डोको पोर्चुगल पनि हुन सक्छ ।

आगामी नोभेम्बर र डिसेम्बरमा कतारमा हुने तय भएको विश्वकपमा रोनाल्डो नहुने पो हुन् कि भन्ने चिन्ता उनका प्रशंसकसँगै फुटबलप्रेमीहरूको रहेको पाइएको छ ।

निर्णायक खेलमा टर्कीसँग भिड्दै पोर्चुगल, ‘हेड टु हेड’मा को अगाडि ?