NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग नेपाल पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ ।

आज भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले समान एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गरेको थियो ।

फिलिपले ७८ औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए भने चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग अभ्यास खेल खेलेको हो ।